१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो एउटा साथी छ

अ+ अ-

पूर्णिमा शर्मा ?ʺ आत्तिँदै प्रश्न गरेँ ।

हजुर म्याम भन्ने जवाफ आएपछि वोल्ने मान्छेको अनुहारमा हेरेँ । एउटा निर्दोष अनुहार, अन्दाजी ३० बर्षिय एक गर्भवती महिला मेरो क्याबिनको सोफामा बसेकी थिइन्। “ल अहिले तपाई जानुस्, म तपाईँको अहिलेको विशेष अवस्था हेरी सजिलो शाखाको व्यवस्था गर्छु । ती महिलालाई केही ढाडस दिएर म कार्यालयबाट एक भारी मन सहित घरमा आए ।

मामुको बाटो हेरेर बसेको भर्खरै मन्टेश्वरी जान थालेको मेरो छोरो जासनलाई एक अँगालो हालेर जोडसँग उसलाई भनेँ “छोरा आज अफिसमा तिम्रो पूर्णिमा सानिआमाको जस्तै नाम गरेको एउटा अन्टि भेंटें नि मैले ।”

“ह्वाट ? सेम नेम मामु ?”

भर्खरै सिक्दै गरेको अङ्ग्रेजी शब्द सहित छोरोले प्रश्न गर्‍यो। “तिम्रो नाम तिम्रै पूर्णिमा सानीमाले राख्दिनु भएको है छोरा ?” भन्ने प्रश्न सँगै जाऊ हजुरआमालाई आज मामुले पूर्णिमा सानिमाको सेम नेमको मान्छे भेट्नु भयो रे भन भनेर म किचेन छिरेँ ।

मैले मेरो श्रीमानलाई पनि दिउसोको सेम नेमवाला कहानी सुनाउन बेर गरीँन। मेरो विगत १ वर्ष देखिको डायरी लेख्ने बानी । डायरी फाईलिङ्ग गरिदिने र डायरीको कभरमा मिति र डायरी नम्बर लेख्ने काम मेरो श्रीमानको थियो । आज ती डायरीमा पूर्णिमाकै बारेमा लेखेका सबै यादहरू पढेँ । एउटा नमिठो याद आज फेरी बल्झियो।

भोलि पल्टको कार्यालय समयको पहिलो प्रहर !

“थाहा छ पूर्णिमा जी ? मेरो मिल्ने साथीको नाम पनि पूर्णिमा थियो नि ! तर अहिले कोही साथी छैन मलाई साथी नै बनाउन मन लाग्दैन पूर्णिमा जी ।” ती महिला मलाई एकोहोरो मात्र हेरिन्, केही बोल्न सकिनन् । उनले सुन्ने इच्छा देखाइन् कि नाइँ थाहा भएन तर मलाई सुनाउन मन लाग्यो । म सिधै ८ वर्ष पहिले पुगेँ ।

पहिलो भेट

२०७० साल असार १५, कार्यालयको वार्षिक उत्सव,

“म्याम नमस्कार”मैले नमस्कार फर्काउँदै हिजो फेसबुकमा कुरा भएको थियो है हाम्रो भनी प्रश्न गरी हालेँ ।हामीले वार्षिक उत्सवको अघिल्लो दिन पहिलो पटक फेसबुकमा कुरा गरेका थियौँ।त्यस पछि हाम्रो कुरा अल्लि धेरै हुँदै गयो।न हामी समान पदका थियौँ,न हामी एउटै भेगका न एउटै कलेजका विद्यार्थी नै सम्झिदा पनि अजिब लाग्ने हामी यसरी नजिक भयौँ कि मानौँ हामी मात्र होइन हाम्रो नाता हाम्रा हजुरबुवा देखिको छ ।

ह्वयन् टु म्याडम कन्भर्टेड ईन्टु टु सिस्टर्स

हाम्रो हरेक भेटमा हामी मज्जाले सेल्फि लिन्थ्यौँ । दिनहुँ भेट हुँदा पनि हामीले लिएका सेल्फि मिति अनुसार अझै पनि मेरो हार्ड डिस्कमा सुरक्षित छन्। उमेरले दुई वर्षको फरक रहेका हामी बानिमा भने कत्ति पनि फरक थिएनौँ । म्याडम-म्याडम भन्ने सम्बोधनबाट हामी एकाएक दिदी बहिनीमा परिणत हुन भेटेको एक हप्ता पनि लागेन । हजुर, तपाई हुँदै कति बेला तिमि र कति वेला तँ सम्ममा हाम्रो सम्बोधन हुन थाल्यो। उनले ममको डल्लो मुखमा राख्दै मेरो नम्बर आफ्नो मोबाइलमा सेभ गरिन् । प्यारी दिदु । म पनि के कम र ? उनले भन्दा पहिले नै सेभ गरी सकेकी थिएँ । प्यारी बहिनी । एक जोडदार सेल्फि खिचेर मैले उनलाई ट्याग गरेर फेसबुकमा स्ट्याटस लेखेँ । ह्वयन् टु म्याडम कन्भर्टेड ईन्टु टु सिस्टर्स !

एक कफी दुई गफी

मलाई यस्तो लाग्छ त्यो बेला हामी नगएको काठमाण्डौं उपत्यकाको राम्रो क्याफे कुनै बाँकी थिएन । हामीले नचाखेको खाजाको परिकार नै थिएन । दार्जिलिङको मम, वसन्तपुरको पानिपूरी, बौद्धको लाफिङ्ग, बाग बजारको केक हामीले कहिल्यै नभुल्ने खाने कुरा । पशुपति मन्दिर, पाटन मन्दिर, भक्तपुर दरबार स्क्वायर, यु.एन्.पार्क, बौद्ध स्तुपा, कृष्ण मन्दिर लगायतका अधिकांश ठाउँहरू हामी दुई बहिनी मिलेर घुमेका छौँ । एक राम्रो क्याफेको एक कप कफी अगाडि राखी एक सेल्फि खिचेर पूर्णिमाले पोस्ट गरिन -एक कफी दुई गफी-पूर्णिमा शर्मा – फिलिङ्ग ह्यप्पि विथ सिता ज्ञवाली -एट बागबजार काठमाण्डौं । अहिले ती यादहरू सम्झिदा अझै पनि हिजो जस्तै लाग्छ तर समयले कसैलाई पर्खिँदैन रहेछ । त्यो कफीले सम्झन्छ कि नाइँ होला ती गफीलाई जो वर्षौँ देखि हराएका छन् ।

उई लभ यु पूर्णिमा योर्स दादु एन्ड दिदु

म सँग पूर्णिमाको बहिनी नाता जोडिए पछि मेरो श्रीमानको पनि पूर्णिमा मन पर्ने साली । हामी तिनै जना एक अर्कालाई सर्पराईज गिफ्ट दिन कहिले पछि परेनौँ । उनले भिनाजुलाई त मलाई दाइ जस्तो लाग्छ म भिनाजु हैन दादु भन्छु भन्दा मलाई के भाउजू भन्ने अब ? भन्दै म खुब झर्किन्थेँ । उनले यो भनेर मलाई जिस्काउन कहिल्यै छोडिनन् । २०७३ साल श्रावण २७ हाम्रो एनिभर्सरीको दिन पूर्णिमाले मज्जाले सर्पराईज दिने सोचमा थिइन् होला । तर म र मेरो श्रीमानले उनलाई नै सर्पराईज दियौँ । एक केक अर्डर गर्‍यौ र म्यासेज लेख्न लगायौँ -उई लभ यु पूर्णिमा योर्स दादु एन्ड दिदु ।

र त्यस पछि कहिले भेट भएन….

म कार्यालयको काममा बाहिर जिल्ला गई राख्नुपर्ने, कहिले पूर्व कहिले पश्चिम । म काममा जाँदा छिटो आउँ है दिदे भनेर एक अँगालो मारेर रुँदै बिदाइ गर्ने मेरी पूर्णिमाको यो पटक बिहे हुने वाला थियो । त्यसदिन म उनलाई कार्यालयको तल छोडेर एक अँगालो मारेर रू पाँच सय दिएर छिट्टै आउँछु है भनी बिदा भएर बुद्ध एयरको जहाजमा नेपालगन्ज विमानस्थल उत्रिए । उनको बिहेपछि मैले उनलाई दिनमै हजार कल र म्यासेज गर्थेँ । तर न कल रिसिभ भयो न कल ब्याक न म्यासेजको रिप्लाई नै !

फेसबुक, ह्वाट्सेप, भाइवर, ट्वीटरलगायत हामीले प्रयोग गर्ने सामाजिक सञ्जालमा उनलाई खोजेँ । मैले मेरो साथी भेटिन । म एक महिना जति रातभर निदाइन । उसको याद नआउने कुनै चिज थिएन । मोबाइल छोयो कि उनको नम्बर डायल हुने, फेसबुक खोल्यो कि उनकै प्रोफाइल चेक गर्न मन लाग्ने । मैले एउटा कठोर निर्णय गरेँ । मेरो फेसबुक सदाका लागि डिलिट गरेँ र एउटा फेक फेसबुक एकाउन्ट खोलेँ । त्यसपछि मैले मेरी पूर्णिमालाई सम्पर्क गर्न छोडेँ । कहाँ मान्दो रहेछ र मनले ? मिल्ने साथी सम्पर्कविहीन हुँदा मलाई डिप्रेसन भयो र यसबाट ओभरकम हुन मैले एउटा नयाँ काम गरेर व्यस्त हनु पर्ने बाध्यता भयो ।

बिछोडलाई सफलतामा परिणत…

यस्तो जटिल समयमा श्रीमानको राम्रो सहयोग साथ पाए, त्यसको लागि उहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु।मेडिसिटी हस्पिटलका डा. प्रकाश अधिकारीप्रति हार्दिक धन्यवाद । उहाँको परामर्शले नै म डिप्रेसन बाट मुक्त हुन सफल भए ।साथीको सम्बन्ध पनि अनौठो हुँदो रहेछ, आफूले आफ्नो सम्झेर मात्र पनि नहुँदो रहेछ । समयले सबथोक परिवर्तन गर्दै लैजाने रहेछ । उनको लागि म खास नभएता पनि मेरो लागि सधैँ विशेष सम्झनाको मुख्य पात्र रहनेछिन् मेरी पूर्णिमा ।

मेरो मनमा उनलाई भेट्ने आशाहरू मरेका थिएनन् । २०७७ मंसिर १४ मा लोक सेवा आयोगको माथिल्लो पदमा सिफारिस सँगै मेरो त्यही कार्यालयमा पोष्टिङ्ग भयो जहाँ, अन्तिम पटक मैले मेरी पूर्णिमालाई भेटेकी थिए ।

र त्यसपछि…… पूर्णिमाले आँसुका धारा बगाउँदै मलाई आएर जोडले अँगालो हालेर भनिन् ‘आईएम् सरि दिदु’ । र, आज मेरो छोरो जासनले आफ्नो नाम राखिदिने सानिमा पाएको छ । मैले आफ्नी पूर्णिमा । सबैभन्दा खुसीको कुरा त म ठूलिमामु बन्दैछु ।

प्रतिक्रिया दिनुहोस