१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवले गरेको कारबाही कञ्चन र सुर्दशनद्धारा खारेज, विप्लव र प्रकाण्डलाई गल्ती सच्याउन आग्रह

अ+ अ-

काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको कारबाही पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले खारेज गरेका छन् ।

महासचिवले आफूहरूलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरेपछि दुवै जनाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महासचिवको कारबाही खारेज गरेका हुन् ।

पार्टीको कपिलवस्तुको शिवगढीमा सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औँ बैठकले उल्टै पार्टी महासचिव विप्लवको संसदीय व्यवस्थाअन्तर्गत चुनाव प्रयोग गर्ने कार्यनीति अस्वीकृत भएपछि महासचिव पदमा रहिरहेर नैतिकतासमेत गुमाइसकेको व्यक्तिले कारबाही गर्नु अवैधानिक भएको बताएका छन् । उनीहरूले यसलाई दार्शनिक रूपमा निषेधात्मक अधिभूतवाद भएको तर्क गरेका छन् ।

निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध आफूहरूमाथि यस्तो दण्डनीय कार्य गरेर स्वयम महासचिव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्णय विपरीत कार्य गर्दै पदमा बसिरहनु हास्यास्पद भएको बताएका छन् ।

आफूहरूमाथि लगाइएका आरोपको खण्डन गर्दै महासचिव विप्लवलाई तथ्यका आधारमा तर्क गर्न पनि उनीहरूले चुनौती दिएका छन् । दुवै जनाले पार्टी प्रवक्तालाई विज्ञप्तिमार्फत नै प्रश्न गर्दै भनेका छन्, ‘बैठकमा नजाँदै कालिकोटमा ’म एक्लै र अरू सबै अर्कोतिर लागे पनि म नै चुनाव जित्छ’, बैठक सुरु भएपछि ’चुनावमा भाग लिने प्रस्ताव आएको छ, यही पारित हुन्छ’ र बैठकबाट फर्किएपछि निर्वाचन आयोगमा उभिएर ’चुनावमा भाग लिने मात्र होइन, मोर्चा कसेर जान्छौँ’, भन्दै कोकोहोलो मच्चाउने हामी हौँ कि तपाईँको आधिकारिक अभिव्यक्तिका रूपमा चुनिएका प्रवक्ता प्रकाण्ड ?’

यस्तै पार्टी महासचिव विप्लवलाई पनि प्रश्न गर्दै भनेका छन्, ‘महासचिव कमरेड, चैत १४ मा सम्पन्न १२ औँ बैठकको मसी नसुक्दै चैत १८ गते चितवनको केन्द्रीय प्रशिक्षणमा तपाईँले ’मैले चुनाव प्रयोगको प्रस्ताव किन ल्याएँ ?’ भन्ने प्रश्नको जबाफ दिँदै स्थानीय चुनावका सबै स्थानहरूमा उम्मेदवार दिन चाहेको, रञ्जु दर्शना मोडेलका उम्मेदवार चोक-चोकबाट निकाल्न खोजेको तर इलाका स्तरीय योग्यता पनि नभएको केन्द्रीय समितिले चुनाव प्रयोगमा जान नदिएको गुनासो पोख्नुभएको होइन र ? बरु बारम्बार ’चित्त नबुझेको भए गए पनि हुन्छ’ भनी भनेको होइन र ? अनि तपाईँ कसरी संयम र उदार हुनुभयो ?’

यस्तै सचिवालय सदस्य सुदर्शनमाथि आर्थिक अपचलनको लगाएको आरोप पनि झुटो भएको बताएका छन् । उनीहरूले विज्ञप्तिमार्फत नै पार्टी जीवनको विगत सात वर्षसम्म आर्थिक जिम्मेवारीमा रहेका प्रकाण्ड र महासचिवलगायत पार्टीको आर्थिक जीवनका बारेमा स्रोत र खर्चको पारदर्शिता देखाउनसमेत चुनौती दिएका छन् ।

उनीहरूले विज्ञप्तिमार्फत नै महासचिव विप्लवलाई आफूहरूका गतिविधि १२ औँ बैठकको निर्णयअनुसार भएका तर, महासचिव विप्लव र सचिवालय सदस्य प्रकाण्ड पार्टीको मान्यताबाट चिप्लिँदै गएको बताएका छन् । उनीहरूले भनेका छन्, ‘हामी पार्टी बनाउन चाहन्थ्यौँ तर तपाईँहरूले त पदमुक्त गरेर दुई लाइन सङ्घर्ष र आलोचना तथा आत्मालोचनाको अन्त्य गरिदिनुभयो ।’

उनीहरूले विप्लव र प्रकाण्डले राजनीतिक चरित्रमा वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद बोकेर हिँडेको आरोप लगाउँदै त्यसका विरुद्ध आफूहरू सङ्घर्षरत रहेको बताएका छन् । आफूहरूमाथि विभिन्न तत्त्वबाट उक्साइएको’ भन्ने आरोप केवल आरोपकै पराकाष्ठा मात्र भएको भन्दै इमानदार नेता तथा कार्यकर्ता र जनतालाई उक्त आरोपबारे छानबिन गरी न्याय गर्न पनि आग्रह गरेका छन् ।

उनीहरूले महासचिव विप्लवले गरेको कारबाही खारेज गर्दै उल्टै विप्लव र प्रकाण्डलाई आफ्ना सम्पूर्ण गल्ती सच्याउन आग्रह गर्नुका साथै क्रान्तिकारी रूपान्तरणसहितको पार्टी निर्माण गर्न सबैलाई एकताबद्ध भएर पार्टीको झन्डामुनि गोलबन्द हुन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस