९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र युरोपमा ‘मङ्कीपक्स’ भाइरसबाट सङ्क्रमणपछि सावधानीका लागि आग्रह

अ+ अ-

लन्डन । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मङ्कीपक्स’ नामक भाइरसको सङ्क्रमण देखिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वका सबै मुलुकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कयौँ सहरमा देखा परेको थियो तर केही समयमै नियन्त्रणमा आएको थियो । भाइरसको सङ्क्रमण उत्तर अमेरिकी मुलुक तथा युरोपमा पनि देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यामे वर्ष सुरुमा बेलायतमा देखा परेको भाइरस अमेरिकाको टेक्सासमा पनि फैलिएको छ । भाइरसको सङ्क्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो ।

बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।

यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखा पर्ने गर्दछ ।

डब्ल्युएचओका अनुसार मङ्कीपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ । अमेरिकामा मङ्किपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ ।

यद्यपि मङ्कीपक्स सर्ने माध्यम पानीको सानोसानो कणलाई मानिने हुँदा यसको फैलावट अन्य रोगजस्तो हुन नसक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस