८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताएका छन् ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले भने, ‘सेनाको सङ्ख्या बढाउनेभन्दा पनि सेनाको क्षमता बढाउने कुरामा सरकरको ध्यान छ, उनीहरूलाई प्रविधियुक्त बनाइ स्रोत र मेसिनरी उपलब्ध गराउनमा सरकारको प्रयत्न छ ।’

उनले सेनालाई संवैधानिक र कानुनले दिएको जिम्मेवारी पूरा गर्न संरचनालाई सोहीअनुसार विकास गर्न जरुरी रहेको पनि औल्याए । उनले सेनालाई थप व्यावसायिक बनाउने कुरामा सांसदबाट आएको सुझावको सराहना गरे । उनका अनुसार मुलुकको रक्षाका साथै भौगोलिक कठिनता कारणले सामान्य हिसाबले निर्माण हुन नसक्ने विशेष प्रकारका निर्माणका काममा सेना परिचालित छ । विकास आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थको सुरक्षा र व्यवस्थापन नेपाली सेनाको प्रत्यक्ष निगरानीमा हुँदै आएको छ । विशेष प्रकृतिका विकासमा कार्यमा अन्य मुलुकमा सेना परिचालन हुँदै आएको छ ।

हाल नेपाली सेनाले कठिन भूभागमा ३० सडक निर्माण गरेको छ । काठमाडौँ तराई द्रुतमार्गलाई तोकिएको समयमा सम्पन्न गर्न ११ खण्डमा विभाजन गरी काम भइरहेको गृहमन्त्री खाणले सदनलाई जानकारी गराए । सेनाले कोभिड महामारीका समयमा सात स्थानमा होल्डिङ सेन्टर निर्माण गरेको तथा दुई हजार ३३ शव व्यवस्थापन गरेको तथा कोभिडका बेला आठ हजार ६२५ सैनिक सङ्क्रमित भएकामा १२ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

विपद् व्यवस्थापनमतर्फ चार हजार बढीको खोज उद्धार, २६९ स्थानमा आगजनी नियन्त्रण, तीन हजार बढी सर्पदंशका बिरामीको उपचार गरेको तथा १३८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको उनले जानकारी गराए ।

नेपाली सङ्गठन २०७८ मा पुनःसंरचना भएको र हाल कूल दरबन्दी ९६ हजार ४७७ जना रहेका छन् । सेनाले सफा हिमाल अभियानअन्तर्गत ३३ हजार ८७७ केजी फोहर सङ्कलन गरेको मन्त्रीले जानकारी दिए ।

अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम अघि नबढाउने निर्णय सरकारले गरिसकेको जानकारी दिँदै उनले नेपालको भूमि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने कुरामा सरकार प्रतिबद्ध र दृढ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस