१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता कोइरालाले बोलाए छुट्टै भेला, मुख्य यी तीन विषयमा छलफल हुने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्।

बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कोइराला पक्षको भेलामा मुख्यगरी तीन विषयमाथि छलफल गर्ने तयारी छ।

पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने काँग्रेस नेता चन्द्र भण्डारी बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ।

साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

गत मंसिरमा काँग्रेसको १४ औँ महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ।

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। काँग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वतः केन्द्रीय सदस्य छन्।

यस्तै केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन्।

सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए। त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ।

काँग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएका बेला पनि विधान कार्यान्वयन हुन नसकेको भन्दै काङ्ग्रेसभित्र आलोचनासमेत सुनिन थालेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले केही दिनअघि सभापति देउवालाई बालुवाटारमा भेटेर विधान कार्यान्वयन गर्न विभाग गठन लगायतका काम अगाडि बढाउन आग्रह गरेका थिए।

केन्द्रीय समिति बैठक आह्वान गरेर समसामयिक राजनीति तथा नीति महाधिवेशनलगायतका विषयमा छलफल गर्न उनीहरूले सभापति देउवालाई आग्रह गरेका थिए।

काँग्रेसको केन्द्रीय समिति बैठक चैतदेखि बसेको छैन। यसबीचमा वैशाख ३० मा स्थानीय चुनाव भयो। काँग्रेसले ०७४ मा भन्दा स्थानीय चुनावको परिणाममा सुधार गरे पनि निर्वाचनबारे समीक्षा भएको छैन।

सभापति देउवाको सचिवालय स्रोतका अनुसार अब एक साताभित्र केन्द्रीय समिति बैठक बोलाउने तयारी छ।

साथै सभापति देउवाले स्थानीय तहका उम्मेदवार सिफारिसमा छलफल नगरेको, पार्टीका भ्रातृ संस्था नेविसंघ, तरुण दल, आदिवासी जनजाति र किसान सङ्घमा अध्यक्ष चयन गर्न पनि सल्लाह नगरेकोमा कोइराला पक्ष असन्तुष्ट छ।

देउवाले दुजाङ शेर्पालाई नेविसंघ अध्यक्ष, विद्वान गुरुङलाई तरुण दल अध्यक्ष, ओम थापालाई आदिवासी जनजाति अध्यक्ष र गणेश तिमिल्सिनालाई किसान संघ अध्यक्ष नियुक्त गरेका थिए, उनीहरू सबै देउवानिकट मानिन्छन्।

यस्तै सभापति देउवाले आफूनिकटलाई मात्रै पार्टीमा जिम्मेवारी दिने गरेको आरोप छ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तोकेका छन्। खड्कालाई स्थानीय तह निर्वाचनको कमाण्डरसमेत बनाइएको थियो। काँग्रेसका दुई उपसभापति छन्। अर्का उपसभापति धनराज गुरुङलाई भूमिकाविहीन बनाएको आरोप पनि छ। गुरुङ कोइराला पक्षबाट उम्मेदवार भई उपसभापति जितेका थिए।

तर महामन्त्रीमा भने देउवाले गगन थापालाई अगाडि बढाएका छन्। थापा पनि कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका थिए। थापा अर्का महामन्त्री शर्माभन्दा पार्टीमा सिनियर भएकोले उनलाई नै बरियताक्रममा अगाडि राख्दै देउवाले जिम्मेवारी दिएका छन्।

सभापति देउवाले आफूसँग सभापतिमा पराजित कोइरालालाई सम्मानजनक बरियता नदिएको आरोप पनि छ।

प्रतिक्रिया दिनुहोस