१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

अ+ अ-

लमजुङ । पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ ।

जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।

‘पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ’ उनले भने । यति धेरै पानीमा इकोली भेटिनुले जिल्लामा शुद्ध पानी कमै नागरिकले मात्र प्रयोग गरिरहेको पुष्टि हुने उनको भनाइ छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये दूधपोखरी गाउँपालिकामा भने परीक्षण गरिएको छैन । स्वास्थ्य कार्यालयका अनुसार परीक्षण गरिएकामध्ये सुन्दरबजार नगरपालिकामा ३९ वटा नमूना परीक्षण गर्दा २७ अर्थात् ६९ प्रतिशत इकोली भेटिएको छ । बेँसीशहर नगरपालिकामा २९ वटा नमूना परीक्षण गर्दा २२ अर्थात् ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ । मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ वटा नमूना परीक्षण गर्दा २० अर्थात् ९१ प्रतिशत पानीमा इकोली भेटिएको छ ।

राइनास नगरपालिकामा आठवटा नमूना परीक्षण गर्दा छ वटा अर्थात् ७५ प्रतिशत रहेको छ भने दोर्दी गाउँपालिकामा पाँचवटा नमूना परीक्षण गर्दा चार अर्थात् ८० प्रतिशतमा इकोली रहेको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुईवटै नमूनामा शतप्रतिशत इकोली भेटिएको छ भने, क्वहोंलासोँथर गाउँपालिकामा १४ नमूना परीक्षण गर्दा १० वटा अर्थात् ७१ प्रतिशतमा इकोली भेटिएको छ ।

ती तथ्याङ्कको आधारमा यस जिल्लामा सरकारले शुद्ध खानेपानी नागरिकलाई उपलब्ध गराउनका लागि चुनौती थपिएको छ । एक घर एक धारा अभियान तीव्र रुपमा अघि बढिरहेपनि शुद्धपानी पुर्‍याउन भने सरकार असफल भइरहेको सरोकारवालाले बताए । स्वास्थ्य कार्यालयले वर्खा लाग्नुभन्दा अगाडि र वर्खाको सुरुवातमै सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमूना सङ्कलन गरी परीक्षण गरेकोे कार्यालय प्रमुख दवाडीको भनाइ थियो ।

वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन उक्त कार्यालयले आग्रह गरेको छ । जिल्ला अस्पतालदेखि घलेगाउँ घरवास, ढोडेनी स्वास्थ्य चौकी, फेलनी स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जोड दिएको हो ।

उक्त कार्यालयले सार्वजनिक गरेको एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाअनुसार राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको परीक्षणमा तीन पालिकामा लामखुट्टेबाट विभिन्न प्रकोप फैलिन सक्ने देखिएको छ । तीमध्ये राइनास र सुन्दरबजारमा डेँगु, हात्तीपाइले रोग र कालाज्वारको प्रकोप फैलिनसक्ने देखिएको र मध्यनेपाल नगरपालिकामा भुसुनाजन्य रोग अर्थात् मलोरियाको प्रकोप फैलिने उच्च सम्भावन देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस