१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारलाई गगनको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

गृहमन्त्री बालकृष्ण खाँणले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले एकल आमाले स्वस्घोषणा गरे सन्तानले सहजै नागरिकता पाउनुपर्ने धारणा राखे ।

संविधान बनिसकेपछि नागरिकता पाउने आशा भए पनि यत्रो वर्ष कानुन बनाउन नसक्दा लाखौँ नागरिक नागरिकताबाट वञ्चित भएको उनले उल्लेख गरे। बिचमा सहमतिको प्रयास भएको, समितिमा छलफल भए पनि सहमति जुटाउन नसक्दाको मूल्य जनताले चुकाउनुपरेको उनको भनाइ थियो। उनले भने, ‘कम्तिमा आज यहाँबाट पारित भइसकेपछि संविधानले दिएको हकअन्तर्गत नागरिकता पाउँछन्। जन्मसिद्धका आधारमा केटाकेटीले नागरिकता पाउँछन्। गैर आवासीय नेपालीलाई नागरिकता दिने ठाउँमा आइपुगेका छौँ ।’

तर एकल आमाहरूलाई विधेयकले विभेदकै नजरले हेरेको उनको भनाइ थियो । उनले भने, ‘तर एउटा प्रश्न छ,खास गरी गृहमन्त्रीजीको ध्यानाकर्षण गराउँदछु। एकल आमाहरू छन् । जसको सन्तानको बुवाको पहिचान नभएको भनेका छौँ। यसमा अलिकति ध्यान पुगेको छैन। बाबुको पहिचान नभएको, पुस्ट्याइँ नपुगेको भन्ने कुरालाई हटाउनुपर्छ, अनावश्यक आमालाई व्यवहार बढाउने कुरा हो, हटाउनुपर्ने ठाउँमा अहिले त निज र निजको आमाले भनेर आयो ।’

पहिले ऐनमा निज वा निजको आमाले भन्ने उल्लेख रहेकोमा अहिले निज र निजको आमाले लेखेर एकल आमाका छोराछोरीले नागरिकता नपाउने अवस्था आउनेतर्फ उनले सचेत गराए । ‘यसले झन् ठुलो अफ्ठेरोमा पार्छ। यसलाई सच्याइनुपर्छ। सिधा के मात्र लेखे पुग्छ भने आमाले स्वघोषणा गरेपछि सकियो। यसमा पछाडि निजले, निजका छोराछोरीले थपेर अफ्ठेरोमा पार्नुहुँदैन,’ उनले सुझाए।

गगनले प्रश्न गरे, ‘अर्को कुरा आमाको नाममा नागरिकता पायो, विदेशीसँग विवाह गरेको छ, तर श्रीमान् विदेशी नागरिक हो भनेर पहिचान छ। तर म दिन्नँ भन्यो। त्यो अवस्था के गर्ने ? यो बारेमा यो विधेयक बोलेका छैन। अफ्ठेरोमा पार्छ। लैङ्गिक पहिचानको हिसाबमा पनि बोल्नपर्छ।’

वैवाहिक अङ्गीकृतको व्यवस्था राजा वीरेन्द्रको पाला २०२८ सालदेखि, २०४७ सालको संविधान, २०६३ सालको संविधान र २०७२ सालको संविधानमा एउटै रहेको भन्दै यी तिन वटै प्रावधानलाई समानताको कसीमा हेर्नुपर्नेमा जोड दिए। उनले भने, ‘बाबुको नाममा नागरिकता खोज्दा आमा नचाहिने तर आमाको नामबाट नागरिकता खोज्दा बाबु खोज्नुपर्ने त्रुटि सच्याउनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस