१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासी कोभिडविरुद्धको पूर्ण खोप लगाउने जिल्ला

अ+ अ-

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ ।

नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् ।

बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएकाले कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

‘यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम नवलपरासीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पहिलो जिल्ला घोषणा गरेका छौँ’, उनले भने ।

जिल्लाका सातै स्थानीय तहहरुले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका थिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट साउन ८ गते भएको अनुगमन, निरीक्षण तथा भेरिफिकेशनबाट समेत पूर्ण खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पूरा भएकोले कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलले बताए । कोभिड–१९ पुनः बढ्ने क्रममा रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र सतर्कता अपनाउन समेत उनले आग्रह गरे।

पश्चिम नवलपरासीमा १२ वर्ष माथिका खोप लगाउन योग्य कूल दुई लाख ९२ हजार ४३६ जनसङ्ख्या मध्ये ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए।

आजै पश्चिम नवलपरासीलाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला पनि घोषणा गरिएको छ । पन्ध्र महिना सम्मका सबै बालबालिकाले सरकारले तोकेका १३ प्रकारका नियमित खोप लगाएकोले पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिए ।

नवलपरासी जिल्लालाई विसं २०७० सालमै नेपालको पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । प्रत्येक वर्ष अनुगमन र दिगोपना घोषणा गर्ने क्रममा यस वर्ष १६ देखि २३ महिनासम्मका लक्षित चार हजार ८०७ बालबालिकामध्ये चार हजार ६६१ ले नियमित पूर्ण खोप प्राप्त गरेको र १४९ जना छुटेको पाइएपछि खोज तथा खोप अभियान सञ्चालन गरी १०० प्रतिशतलाई खोप लगाइएको, जिल्लाका सातै पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको र लुम्बिनी प्रदेश सरकारको अनुगमनबाट भेरिफिकेशन भएका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस