९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशका ९ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएनन्

अ+ अ-

कर्णाली । निर्वाचन सम्पन्न भएको ३ महिना बितिसक्दासमेत कर्णालीका ९ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार आठ सय ४७ मध्ये नौ हजार ४ सय ६ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचन प्रचार–प्रसार खर्चसम्बन्धी व्यवस्था छ । उक्त ऐनमा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने उल्लेख छ । तर कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहमा मनोनयन दर्ता गराई निर्वाचन प्रतिस्पर्धामा भाग लिएका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । कर्णालीमा हालसम्म तीन हजार चार सय ४१ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।

स्थानीय तहमा उम्मेदवार बनेका सुर्खेतका दुई हजार ४८ जनामध्ये पाँच सय ८६, दैलेखका एक हजार सात सय ६५ मध्ये नौ सय ४१, जाजरकोटका एक हजार दुई सय तीनमध्ये पाँच सय ५३ र कालिकोटका एक हजार आठ सय ४६ मध्ये एक सय ४८ र रुकुमपश्चिमका नौ सय दुईमध्ये छ सय २३ जनाले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेको बताइएको छ । त्यस्तै सल्यानका एक हजार चार सय ८० जनामध्ये तीन सय ९१, डोल्पाका सात सय ९१ मध्ये ६१, जुम्लाका एक हजार दुई सय ९१ मध्ये तीन सय दुई, मुगुका सात सय नौमध्ये एक सय एक र हुम्लाका सात सय ७६ मध्ये ७८ जनाले मात्र खर्च विवरण पेश गरेका हुन ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार निर्वाचन आयोगले यही असार ३१ गते सातदिने सूचना जारी गर्दै उम्मेदवारलाई खर्च विवरण पेश नगर्नुको कारणसहित जवाफ मागेको थियो । ‘ऐनमा तोकिएको अवधिमा खर्च विवरण पेश नगर्नेमा निर्वाचित उम्मेदवार पनि छन्, ३० दिनको म्याद सकिएपछि आयोगको निर्देशनबमोजिम खर्च विवरण नबुझाउनेलाई स्पष्टीकरण सोधेका थियौँ’, प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘हाल प्राप्त स्पष्टीकरणमाथि अध्ययन गर्दैछौँ, यसबीचमा कतिपयले खर्च विवरण पनि बुझाएका छन् ।’

निर्वाचन आयोग ऐनमा छ महिनासम्म खर्च विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने प्रावधान छ । सोही ऐनमा यस्तो निर्णय गर्नुअघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्नेछ । खर्च विवरण पेश नगर्ने व्यक्ति निर्वाचित भएको खण्डमा निजको निर्वाचन स्वतः बदर हुने व्यवस्था छ ।

सुर्खेतमा दुई लाख ४७ हजार सात सय ४० मतदाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाबाट दुई लाख ४७ हजार सात सय ४० मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले क्षेत्र नं १ मा एक लाख २३ हजार ७५ तथा २ मा एक लाख २४ हजार छ सय ६५ मतदाता रहेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन तयारीका काम सुरु भइसकेको बताए ।

उनका अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ १३ देखि १५ गतेसम्म प्रकाशित मतदाता नामावलीउपर दाबी–विरोध, भदौ १३ देखि १७ गतेसम्म उजुरीउपर मतदातालाई प्रमाणसहित सफाइका लागि समय तोकिएको छ । त्यस्तै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि भदौ १३ देखि १६ गते, भदौ १३ गतेदेखि १७ गतेसम्म मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस