७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षा लिएर मात्रै अभिकर्तालाई लाइसेन्स दिने बीमा समितिको तयारी

अ+ अ-

काठमाडौँ । बीमा समितिले बीमा अभिकर्ताको इजाजपत्र (लाइसेन्स) मा कडाई गर्ने भएको छ । बीमा समितिले नै अभिकर्ताको परीक्षा लिएर अभिकर्ताको लाइसेन्स दिने तयारी भइरहेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

पुराना अभिकर्ताले भने समिति र कम्पनील दिएको तालिम पनि लिइसकेकको हुनाले परीक्षा दिनु नपर्ने उनले बताए । तर, नयाँ अभिकर्ता बन्नका लागि भने बीमा कम्पनीले सिफारिस गरेको नामको आधारमा नै लाइसेन्स दिने व्यवस्थाको अन्त्य गर्दै परीक्षा नै लिएर उत्तीर्ण हुनेलाई मात्रै लाइसेन्स दिने उनले बताए ।

बीमा समितिको सञ्चालकको अध्यक्षतामा एउटा समिति बनाएर मोडालिटी कस्तो बनाउँदा उपयुक्त हुन्छ भनेर तयार गर्ने जिम्मेवारी दिएको उनले बताए । समितिका विज्ञ सञ्चालक कपिल देव ओलीको नेतृत्वमा बनेको समितिले परीक्षाको मोडालिटी कस्तो हुने लगायतका विषयमा काम गर्ने उनले बताए ।

लाइसेन्सको लागि अनलाइन नै आवेदन लिएर अनलाइन नै परीक्षा सञ्चालन हुने समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए । अभिकर्ता बन्नका लागि तालिम लिएपछि समितिले तोकेको अनलाइन फारम भर्न सकिने र समितिले अनलाइन आवेदन दिए पनि आवेदकलाई कोड प्रदान गर्ने पौडेलले बताए । परीक्षा पनि अनलाइन नै सञ्चालन हुने र समितिको परीक्षामा उत्तीर्ण हुनेले मात्रै अभिकर्ता लाइसेन्स प्राप्त गर्ने उनले बताए ।

समितिले असोजदेखि कार्यान्वयन गर्ने गरी तयारी गरेको समितिका अध्यक्ष सिलवालले बताए । कम्पनीको सिफारिसमा समितिले लाइसेन्स वितरण गर्दा विकृति बढ्नुको साथै अभिकर्तामा ज्ञानको कमीले गर्दा विभिन्न घटना समेत हुने गरेको पाइए पछि समितिले परीक्षा पास गरेपछि मात्रै अभिकर्ता बन्न पाइने व्यवस्था गर्न लागेको उनले बताए ।

हाल बीमा कम्पनील दिने ७२ घण्टाको तालिम पूरा गरे पछि कम्पनीको सिफारिसमा समितिले अभिकर्ता लाइसेन्स दिँदै आएको थियो । बीमा कम्पनीहरूले ७२ घण्टाको तालिम नलिएकालाई समेत अभिकर्ता लाइसेन्सका लागि सिफारिस गर्दै आएका थिए । तर, अब समितिले परीक्षा नै लिने भएपछि अभिकर्तामा न्यूनतम बीमाको ज्ञान हुने समितिको दाबी छ ।

बीमा समितिले जारी बीमकले सञ्चालन गर्ने बीमा अभिकर्ताको तालिम निर्देशिका, २०७२ अनुसार बीमकले सञ्चालन गर्ने तालिमको अवधि कम्तिमा ७२ घण्टा हुनुपर्ने उल्लेख छ । कृषि बीमाअन्तर्गत कृषि प्राविधिकहरूका लागि १ दिने तालिम कम्तीमा ५ घण्टा सञ्चालन गर्नुपर्नेछ ।

बीमा ऐनअनुसार बीमा अभिकर्ता बन्न कम्तीमा एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको र समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि सञ्चालन गरेको सम्बन्धित बीमा व्यवसायसम्बन्धी तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको हुनपर्छ । अभिकर्ता लाइसेन्स हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस