७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकमा हिंसात्मक प्रदर्शनमा २० जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा

अ+ अ-

काठमाडौँ । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हालसम्म २० जनाको मृत्यु  भएको र प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टका अनुसार शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले लगाएको कर्फ्यु तोड्दै अल-सद्रका समर्थकहरू सडकमा उत्रिएका छन् । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ ।

सदरका हजारौँ समर्थकले राष्ट्रपति भवन (रिपब्लिक प्यालेस)मा हमला गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्याँसले रोक्न सकेनन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ३०० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षाकर्मीको कारबाही छल्दै सदरका समर्थकले राष्ट्रपति भवन कब्जा गरेका छन् । उनीहरू स्विमिङ पुल, बैठक हल लगायत पुरै दरबारमा घुमिरहेका तस्बिर सार्वजनिक भएका छन् ।

इराकमा अल-सद्रका समर्थकहरू र उनीहरूको राजनीतिक प्रतिद्वन्द्वी इरान समर्थित शिया समूहबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ।

अक्टोबरको संसदीय चुनावमा धर्मगुरु मुक्तदा अल-सद्रको पार्टीले सबैभन्दा बढी सिट हासिल गरे पनि बहुमत जुटाउन सकेन । न उनले एक्लै सरकार बनाउन सके, न इरान समर्थित शिया प्रतिद्वन्द्वीहरूसँग सहमतिको सरकार गठन गर्न वार्ता गर्न स्वीकार गरे ।

गत जुलाईमा पनि सद्रका समर्थकहरूले इराकमा प्रदर्शन गरे र संसद कब्जा गरेका थिए । हजारौँ प्रदर्शनकारीले संवेदनशील ग्रिन जोन पार गरेर संसदमा र्‍याली गरेका थिए । उनीहरू यहाँको पर्खाल चढेर संसदमा पनि प्रवेश गरे पनि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् ।

उनीहरूले प्रधानमन्त्री पदका लागि मोहम्मद शिया अल–सुडानीको उम्मेदवारीको विरोध गरेका थिए । उनी इरानको नजिक रहेको आन्दोलनकारीको बुझाइ छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन् । उनले जनतालाई संयतता अपनाउन आग्रह गरेका छन् । साथै हिंसा अन्त्यका लागि तत्काल पहल गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस