८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर

अ+ अ-

काठमाडौँ । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो ।

आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आह्वान गरेको हो । अहिले ३६४ मेगावाट बिजुली भारतथ निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३सम्म यो परिमाणका विद्युत खरिद गर्न टेन्डर गरेको हो ।

यसअनुसार करिब ६ महिना भारतबाट करिब ४ सय मेगावाट बराबारको बिजुली भारतबाट किन्नुपर्ने देखिएको छ ।

गत वर्ष प्रतिस्पर्धामार्फत विद्युत् खरिद नगरी भारतीय ऊर्जा एक्स्चेन्ज बजारबाट खरिद गर्दा प्राधिकरणले महँगोमा बिजुली किन्नु परेको थियो । रातमा समयमा बिजुली प्रतियुनिट १२ भारुसम्म परिरहेकाले प्राधिकरणले ऊर्जा एक्स्चेन्ज बजारमाट बिजुली नलिई एजेन्सीहरुबाटै आपूर्ति लिन तयारी गरेको हो ।

रुस(युक्रेन युद्ध चर्किएपछि भारतमा बिजुलीको मूल्य आकाशिएको छ । जसका कारण भारतीय विद्युत व्यापार गर्ने एजेन्सीहरुले पनि आवधिक समझौता गरेर विद्युत् विक्री गर्ने सम्भावना कम हरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । तर, लगातार आपूर्ति लिने गरी बजार सुनिश्चित हुने भएकाले केही महँगो मूल्यमै भएपनि भारतीय एजेन्सीले विद्युत आपूर्ति दिनेमा प्राधिकरण विश्वस्त छ ।

यो वर्ष भारतबाट खरिद हुने भन्दा भारतलाई विक्री गरिने बिजुलीको परिमाण बढी हुने प्राधिकरणको प्रक्षेपण छ । ७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरिसकेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख भारु आम्दानी भएको छ ।

‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।

प्रतिक्रिया दिनुहोस