१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरस्कारले गरीमा बढाउने कि घटाउने ?

अ+ अ-

एका बिहानै साथीको फोन आयो, सुरुवात भयो फलाना फलाना त विभूषित भएछन् ती पनि सबै सिंहदरबार र राम्रो अड्डामा कार्यरत मात्रै। त्यसमा नाम लिएका भने कोही पर्नै पर्ने थिए भने धेरै भने कसरी परे होलान भन्ने खुल्दुली लाग्ने थिए । किनकि उहाँहरू केही हामीसँग प्रत्यक्ष सरोकार र सम्बन्ध पनि राखेका व्यक्तित्व हुनु हुन्छ जसमा पुरस्कार र विभूषित हुने कुनै नर्मस थिएन र फेरी हाँस्दै भनियो कि काठमाडौँ, सिफारिस गर्ने मन्त्रालय वा मातहत र राम्रो अड्डामा काम गर्ने भए पछि सुध्रिएछन् र हो की भनेर । 

चलेको चलन अनुसार सामाजिक सञ्जालमा केहीलाई शुभकामना तथा बधाई पनि दिइयो । केही समयपछि फेरी केही साथीको फोन आयो फलानालाई मात्र दिने शुभकामना खै त उसलाई दिएको, खै त मलाई दिएको भनेर समेत फोन आउन थाल्यो । अनि सोचे हे बरै यसरी बधाई र शुभकामनाको भोको हरूले पनि के पुरस्कार पाउने, शुभकामना र बधाई खान त यसरी चाकरी गर्नेले पुरस्कार पाउन कत्ति चाकरी र गुलामी गरे होलान् भनेर आफैले आफैलाई धिक्कार गर्नु पर्‍यो । अनि सोचे पुरस्कार कामको आधारमा होला कि चाकडी, चाप्लुसी, डर र धम्कीको भरमा होला भनेर । 

केही वर्ष अघि म स्वयं कार्यरत कार्यालयको कर्मचारीले पुरस्कारमा सिफारिस गराउन र प्राप्त गर्न विश्वकप जित्ने जस्तै गरी लाग्नु भयो । जिल्ला प्रशासन, तालुक मन्त्रालय, सम्बन्धित मन्त्रालय, नेता, कर्मचारी कुनैलाई भेट गर्नु छुटाउनु भएन अनि भन्दै हुनु हुन्थ्यो एक ठाउँ र एक जनालाई भेट्न छुटे नत्र म अनिवार्य पुरस्कृत हुने थिए ।त्यसबाट के बुझ्ने रु के पुरस्कार निष्पक्ष हुन्छ ? यसमा केही कार्यविधि छ, के यो प्राप्त गर्नेहरू सबै ईमान्दार र पुरस्कृत गर्ने खालका छन् त अवश्य पनि छैनन् र हुने पनि छैनन् । 

भारतीय सङ्गीत कर्मी गोपी सुन्दरले भन्नु भएको छ द ग्रेटेस्ट अवार्ड इज द एप्रिसेसन अफ द पिपुल(सबै भन्दा ठुलो पुरस्कार भनेको जनताको प्रशंसा हो) यसको अर्थ भन्दा बाहिर गएर पुरस्कार र विभूषण प्रदान गरिनुको कुनै अर्थ छैन । तर हाम्रोमा यसको ठिक विपरीत भएको छ । पुरस्कारबाट विभूषित हुनेहरू श्रद्धा गर्ने, आदर्शवान्, नैतिक, सदाचार बनुन् हर्ष र बधाईका ओइरो लागुन् न कि आलोचना र शुभकामना र बधाई दिन खेतारो खोज्न पर्ने । 

निजामती सेवा दिवसमा प्रशासक र संविधान दिवसको अवसरमा प्रशासक, राजनीतिक र समाजसेवी तथा उद्योगीहरूलाई पुरस्कृत गरिने गर्दछ । अहिले हाम्रो सामाजिक सञ्जाल बधाई र शुभकामनाले रङिएका छन् ।  हाम्रो देशमा वर्षमा विभूषित र पुरस्कृत धेरै पटक हुने गर्दछ । साहित्य तर्फका पुरस्कार र विभूषणले भन्दा राजनीतिक र प्रशासनिक विभूषण तथा पुरस्कारको चर्चा धेरै हुने गर्दछ । निजामती सेवा दिवसको अवसरमा हरेक वर्षको भाद्र २२ गते र संविधान दिवस असोज ३ गते पुरस्कृत र विभूषित हुनेहरू बधाई भन्दा आलोचनाका पात्रा बढी हुने गर्दछन् ।त्यसमा सच्चा र ईमान्दारले पनि शिर झुकाउने अवस्था विद्यमान छ । 

सबै पुरस्कृतहरू गर्व गर्न लायक छैनन् । उहाँहरूको विगत र वर्तमान हेर्दा कुनै पनि दृष्टिकोणबाट उपयुक्त पात्र होइन यो हाम्रो मात्र दोष नभएर समग्र सबैको आरोप हो । 

राष्ट्र, जनता र समाजको भन्दा पनि व्यक्तिको भक्तिभाव गर्नेहरू धेरै विभूषित भएको देखेर र थाहा पाएर सञ्जालमा नकारात्मक टिका टिप्पणीहरू समेत भएका थिए । पुरस्कार सबैको लागि सकारात्मक उत्प्रेरणा हो, जसले जोस र जाँगरका साथ काम गर्न हौसला प्रदान गर्दछ । तर हाम्रोमा वितरित पुरस्कार र विभूषणले काम गर्नेहरूलाई उत्प्रेणको अलवा नैरश्यता प्रदान गरेको छ । पुरस्कारले आउँदो पीढीलाई समेत सत्मार्गमा हिँडाउने, आदर्शको रूपमा लिने पो बनाउनु पर्नेमा आफन्त, कामचोर, भ्रष्ट्राचारी, अनियमितता गर्ने जस्तालाई पुरस्कृत गरिनुले यसको महिमा अवश्य पनि गिर्दो छ । केही वर्ष अघि धेरैले यसलाई अस्वीकार पनि गरेका थिए । 

यसलाई व्यवस्थित गर्नको लागि विभूषण ऐन, २०६४ र नियमावली २०६५ को समेत व्यवस्था गरिएको छ ।हाम्रो संविधानको धारा २७७ मा उपाधि, सम्मान र विभूषणको व्यवस्था छ जसमा राष्ट्रपतिले राज्यको तर्फबाट प्रदान गर्ने भन्ने व्यवस्था छ । कानुनमा यसको महिमा र गरिमा बढाइएको छ भने व्यवहारमा यसलाई गिजोलिएर साख गिराइएको छ । 

निजामती सेवा दिवसको अवसरमा सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको पनि धेरै समय भयो । सर्वोत्कृष्टले नै काण्ड घटाए पछि यसलाई स्थगित गरेको हो कि के हो त्यो सरकार आफै जानोस् तर उत्कृष्ट हुँदै विभिन्न विधामा भने सरकारले पुरस्कृत गरेकै हुन्छ । पुरस्कृतहरू मध्ये केही भने उही वर्ष नभए अर्को वर्षमा रंगेहात पक्राउ पर्न भने छोडेका छैनन् ।  पुरस्कारबाट विभूषित गर्दा यहाँ न बिबिसीमा समाचार बनेका महिला स्वयंसेविका पर्छन् न यहाँ सदाचारी र ईमान्दार कर्मचारी पर्छन् । न

यहाँ कोभिडमा अहोरात्र खट्ने एम्बुलेन्स चालक पर्छन् न डाक्टर र नर्स, न यहाँ दूर दराजका कार्यालय एक्लै सञ्चालन गर्ने कार्यालय सहयोगी र कनिष्ठ कर्मचारी पर्छन् न समाज सेवी, न समाज र राष्ट्रको लागि योगदान दिएका यजुनिर प्रहरी र सैनिक पर्छन् न सर्वसाधारण जसले समाजमा ठुलो योगदान दिएका हुन्छन् । न बिना पाठ्यपुस्तक पठन पाठन गर्ने शिक्षक पर्छन् । न आफ्नो निजी खर्चमा सामाजिक सेवामा समर्पित पर्छन् । पर्छन् त आसेपासे, नेता, जे पनि गर्ने, उच्च पदस्थ कर्मचारी, आदी आदी अनि सोच्न बाध्य परिन्छ खास पुरस्कार पाउन के गर्नु पर्ने हो रु  जे होस सरकारले विभिन्न समयमा जनतालाई खुसीहुनबाट रोक्न पनि यो क्रियाकलाप गरेको हुन सक्छ । न सरकार यी र यस्ता विषयलाई खोज गर्छ न सुधार नै । 

निजामती सेवा दिवसमा कर्मचारीलाई मात्र पुरस्कृत गरिन्छ भने संविधान दिवसमा प्रशासक कर्मचारी र अन्य समाजसेवी तथा उद्योग पति र नेता र नेतृत्वलाई । 

पुरस्कार शब्द नै काफी छ । यसलाई उच्चारण गर्दा श्रद्धा र सम्मान गर्ने विषय हो । पुरस्कार र पुरस्कृतले देश, समाज, कार्यालय र सेवा सुधार गर्नु पर्छ न कि कुनै काल खण्डमा लज्जित र कारबाही हुन परोस् । 

पुरस्कारको लागि छुट्टाइएको न्यूनतम मापदण्ड पारदर्शी हुनु पर्छ । के कारणले गर्दा पुरस्कृत हुनु भयो, त्यो सबैको सरोकार हो । पुरस्कार माथिल्लो निकायको मात्रै मूल्याङ्कनमा कसरी छनौट गर्न मिल्छ । तिनका सरोकारवालाहरूसँगको मूल्याङ्कन चाहिन्छ कि चाहिदैन ? कार्य सम्पादन मूल्याङ्कन जस्तै सामाजिक र चरित्रको मूल्याङ्कन किन नगरिने । 

पुरस्कार प्राप्त गर्न सिंहदरबारमै काम गर्नु पर्ने हो कि रु उपत्यका भित्र भए मात्रै हुने हो कि रु  उच्च पदस्थ कर्मचारी र नेतृत्वले मात्रै यो देशमा धानेका छन् कि सामान्य र कनिष्ठ कर्मचारीले पनि यस भित्र पर्नु पर्ने हो रु के कनिष्ठ कर्मचारीले कामै गरेका छैनन् त रु छैनन् भने यिनलाई यसै अवरमा कारबाही किन नगरेको हो रु अनि पुरस्कृत हुन सिफारिस गर्ने मन्त्रालय र तिनका जिल्ला स्थित कार्यालयको मात्रै कर्मचारी हुनु पर्ने हो कि अन्यत्र कार्यरत पनि पर्ने रु पुरस्कृत हुन उच्च पदस्थ कर्मचारीको आफन्त छिमेकी मात्रै हुने कि अरूले पनि पाउने यो विषय स्पष्ट पार्नु पर्छ । धेरै जसो सधैँ सामान्य प्रशासन मन्त्रालय,  गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, उच्च पदस्थ कर्मचारी र सिंहदरवार र उपत्यका भन्दा बाहिर पनि कार्यरत कर्मचारी धेरै छन् यसको तथ्याङ्क नभए कृपया किताबखानामा गएर लिएर अर्को वर्ष देखि सबै राम्रा र श्रद्धा र राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तित्वहरू मात्र पुरस्कृत होओन न कि विगत र यस वर्ष जस्तै आलोचित हुने गरी पुरस्कार वितरण नगरियोस् । 

पात्र छनौटमा भएको विषयले सच्चा, ईमान्दार, चरित्रवान्, आदर्शवान् पुरस्कृतलाई चोट पुगेको छ । उहाँहरूलाई समेत नकारात्मक दृष्टिकोणले हेरिन थालेको छ ।सबै पुरस्कार प्राप्त गर्ने खराब होईनन र हुदैनन भन्दा पनि विश्वास नलाग्ने बनाइएको छ । राम्रालाई भन्दा हाम्रालाई र पुरस्कार चोखिने अस्त्र बनेको छ । त्यसैले पुरस्कारलाई श्रद्धा र गर्व गर्ने बनाऔँ न कि आलोचना र विरोध गर्नु पर्ने । 

प्रतिक्रिया दिनुहोस