९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँको दिन भारी वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । यस वर्ष दशैँको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएको हो ।

मौसमविद् विनोद पोखरेलले नवमीदेखि नेपालमा वर्षा सुरु हुने र द्वादशीसम्मै कायम रहने बताए । यसबिचमा पश्चिम नेपालका केही स्थानमा अति भारी वर्षाको सम्भावना समेत छ ।

जल तथा मौसम विज्ञान विभागले पनि दशैँ विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको छ ।

नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशहरूका केही जिल्लामा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यसै गरी असोज १९ गते दशैँको टीकाको दिन त भने केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । बुलेटिनमा लेखिए अनुसार असोज १९ गते देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा अति भारी वर्षा हुने छ ।

असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

त्यसैले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भएता पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस