८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै तीन दिनसम्म नदीमा बहाव बढ्ने, खतराको तहसम्म पुग्ने पूर्वानुमान

अ+ अ-

काठमाडौं । मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने जनाएको छ । केही नदीहरूमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरूको अवस्थाबारे जानकारी दिएको छ । सूचना अनुसार आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरूमा पानीको बहाव खतरा तह आसपास पुगेको छ भने बाढी बढ्दो क्रममा छ ।

प्युठानको स्वर्गद्वारी, दाङको बेलझुण्डी, पाल्पाको गण्डाकोट, जाल्पा, अर्चले, रुपन्देहीको लुम्बिनी, नवलपुरको देउराली, स्याङ्जाको मालुङ्गा, तनहुँको अत्रुलिटार, चितवनको गोविन्द बस्ती कास्कीको जुम्लेटी र लामपाटन केन्द्रमा भारी वर्षा भएर खतराको सङ्केतसम्म पुगेको छ ।

यसैगरी कोशी, कर्णाली, नारायणी, महाकाली, कर्णाली, कनकाई, कमला, बागमती, पूर्वी राप्ती र तीनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल सामान्य अवस्थामा छ ।

आज बागमती प्रदेशको चितवन, रुकुम पूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यसैगरी झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ । यसैगरी बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका नदीहरूमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।

असोज २१ गते भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने अधिकांश नदीहरूमा बहाव उल्लेख्य बढ्ने छ ।

यस्तो छ तीन दिनको बाढी पूर्वानुमान

प्रतिक्रिया दिनुहोस