१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशमान सिंह र रवीन्द्र मिश्र दास्रो पटक चुनावी मैदानमा, नयाँ खेलाडीको पनि प्रवेश 

अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा यसपटक नेपाली काँग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रबीच ‘रिम्याच’ हुँदैछ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि यी दुईबीच यहीँ निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा भएको थियो।

तर यसपटकको प्रतिस्पर्धामा रवीन्द्र मिश्रले टिम परिवर्तन गरेका छन्। अर्थात् यसअघि विवेकशील साझा पार्टीबाट चुनाव लडेका मिश्र यसपटक राप्रपाबाट चुनाव लड्दैछन्। मिश्रले पार्टी मात्र परिवर्तन गरेका छैनन्, यसपटक उनले आफ्ना चुनावी एजेण्डा समेत बदलेका छन्।

२०७४ सालमा ‘व्यवस्था होइन अवस्था बदलौँ’ भन्दै निर्वाचनमा होमिएका मिश्र यो चुनावमा आइपुग्दा आफैँ बदलिएका छन्।

उनले अवस्था बदल्ने भन्दा पनि व्यवस्था बदल्ने अर्थात् राजतन्त्र र हिन्दु-बौद्ध राष्ट्र बनाउने एजेण्डा बोकेका छन्। मिश्रले यो निर्वाचनमा आफू ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गर्ने गरेका छन्। 

अर्कोतर्फ तीन पटकसम्म यो क्षेत्रबाट चुनाव जितेका प्रकाशमान सिंह यस पटक पनि काठमाडौँ-१ बाट चुनाव जित्ने दाउमा छन्।

२०७४ को निर्वाचनमा सिंहले यो क्षेत्रमा १० हजार ९ सय ३६ मत पाएका थिए। उनले मिश्रलाई ८ सय १८ मतले हराएका थिए।

मिश्रले उक्त निर्वाचनमा १० हजार १ सय १८ मत ल्याएका थिए।  वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने ५ हजार ३ सय ३५ मत मात्र पाएका थिए।

लोकतन्त्रका लागि सङ्घर्ष र संविधान निर्माणमा खेलेको भूमिकाका लागि सिंहले मत माग्ने गरेका छन्। यस पटक सिंहले राजनीतिमा निकास दिन र क्षेत्रमा विकास गर्नु आफूलाई मत दिन आग्रह गरेका छन्। २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको छोरा भएका कारण पनि प्रकाशमानको यो क्षेत्रमा पुरानो प्रभाव छ। आफ्नो सम्पर्क र प्रभावकै आधारमा चुनावमा जित हात पार्ने दाउमा प्रकाशमान छन्। 

तर यसपटकको म्याचमा यी दुई खेलाडी मात्र मैदानमा छैनन्। नेकपा एमालेले यो क्षेत्रमा युवा सङ्घको अध्यक्ष समेत रहेका किरण पौडेललाई उम्मेदवार बनाएको छ। युवालाई राजनीतिमा ठाउँ नदिएको जनगुनासो सम्बोधन गर्न एमालेले किरणलाई उम्मेदवार बनाएको हो। तर किरणले यो क्षेत्रमा युवालाई कति आकर्षित गर्न सक्छन् त्यो भने अहिले नै भन्ने अवस्था छैन। 

स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त गरेको वडा गत मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा यसपटकको मुख्य प्रतिस्पर्धा काँग्रेसका सिंह र एमालेका पौडेलबीच नै हुने देखिन्छ। स्थानीय निर्वाचनमा काँग्रेसका वडा अध्यक्षहरूले यहाँ ९ हजार ८ सय ९५ मत पाएका थिए।

त्यस्तै एमालेका वडा अध्यक्षहरूले ९ हजार ५ सय ४१ मत पाएका थिए। त्यस्तै माओवादी केन्द्रका उम्मेदवारहरूले एक हजार एक सय ७७ मत ल्याएका थिए। काँग्रेस र माओवादी एउटै गठबन्धनमा भएका कारण सिंहलाई यसपटक माओवादीको मत गएको अवस्थामा भने उनी केही अघि हुने देखिन्छ।  

रवीन्द्र मिश्र सम्मिलित राप्रपाले उक्त निर्वाचन क्षेत्रमा एक हजार तीन सय १२ मत मात्र प्राप्त गरेको थियो। मिश्र स्थानीय निर्वाचनका बेला विवेकशील साझा पार्टीको अध्यक्ष थिए। उनको पार्टीका वडा अध्यक्षका उम्मेदवारहरूले उक्त क्षेत्रमा एक सय ९४ मत मात्र ल्याएका थिए। 

तर यसपटकको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ को मैदानमा अन्य खेलाडीहरूको समेत प्रवेश भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले चुनाव घोषणा भएकै बेलादेखि घरघर पुगेर प्रचार गरिरहेका छन्। त्यस्तै नेपाल प्रहरीको पूर्व डिआइजी रमेश खरेल पनि यो निर्वाचन क्षेत्रमा उठेका छन्। यी उम्मेदवारहरूले कुन दलबाट कति मत काट्छन् त्यसले पनि यो निर्वाचनको नतिजामा प्रभाव पार्ने अवस्था छ।  

नयाँ नयाँ खेलाडीको प्रवेश भइरहने काठमाडौं क्षेत्र नं १ मा स्थानीयले नयाँ उम्देवारलाई मत दिन्छन् या पुरानै रोज्छन् त्यो भने मंसिर ४ गतेपछि टुङ्गो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस