७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारसँग कोरोनाविरुद्धको ६३ लाख डोज खोप मौज्दात, १९ लाख डोजको म्याद गुज्रिँदै 

अ+ अ-

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियान सुस्त भइरहेका बेला सरकारसँग मौज्दात रहेको कोभिड १९ विरुद्धको १९ लाख डोज बढी खोपको म्याद नोभेम्बरको अन्तिममा गुज्रिने भएको छ ।

अहिले देशभरका कोल्डचेनमा रहेको ६३ लाख १७ हजार २०६ डोजमध्ये १९ लाख २३ हजार ९८६ डोज फाइजर खोपको आगामी नोभेम्बरमा म्याद गुज्रिने भएको हो । म्याद गुज्रिन लागेको सो खोप नेपाललाई कोभ्याक्स सुविधामार्फत प्राप्त भएको हो ।

१९ लाखमध्ये ९ लाख ५५ हजार १२७ डोज १२ वर्ष माथिका नागरिकमा प्रयोग हुने र ९ लाख ६८ हजार ८५९ डोज ५ देखि १२ वर्षसम्मका बालबालिकामा प्रयोग हुने खोप हो ।  

देशभरका कोल्डचेनमा गरी अहिले ४३ लाख ५७ हजार ९२५ लाख डोज भेरोसेल, ३५ हजार २५९ डोज जोन्सन एन्ड जोन्सन, १९ लाख २३ हजार ९८६ डोज फाइजर खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । 

त्यसमध्ये भेरोसेल खोपको म्याद अझै एक वर्ष बाँकी छ । जोनसन एन्ड जोनसन र फाइजर खोपको भने एक महिनापछि म्याद गुज्रिँदैछ । यसअघि पनि ३ लाख बढी एस्ट्राजेनेका खोप म्याद गुज्रिएर खेर गएको थियो ।

तर, म्याद गुज्रिएर खेर गएको खोपको विवरण अहिलेसम्म जिल्लाहरूले शाखालाई उपलब्ध नगराएको बताइएको छ ।  

पछिल्लो समय स्वेच्छाले खोप लगाउन आउनेबाहेक सरकारले अभियान चलाएर कोभिड १९ विरुद्धको खोप दिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २८.८ प्रतिशतले मात्रै बुस्टर डोज खोप लगाएका छन् ।

सरकारले खरिद गरेको तथा दाताहरूबाट पाएको गरी हालसम्म ६ करोड ३२ लाख ७६ हजार ७१० डोज कोभिड १९ विरुद्धको खोप भित्रिएकोमा ५ करोड ५५ लाख १० हजार ६७६ डोज खोप लगाइएको छ ।

मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ८१.४ प्रतिशतले पहिलो र ७९.९ प्रतिशते दुवै डोज खोप लगाएका छन् ।

ठूलो मात्रामा खोप मौज्दात रहेपछि सरकारले दसैँ तिहारको बीचमा कोभ्याक्सबाट लिन लागेको १५ लाख डोज खोप तत्काल नल्याउने भएको छ । 

प्रतिक्रिया दिनुहोस