६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहास रच्दै सी तेस्रोपटक राष्ट्रपति, अनुभवबिनाका ली छयाङलाई बनाए प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । तेस्रोपटक चिनियाँ राष्ट्रपति चुनिएका सी चिनफिङले उच्च राजनीतिक अनुभव नभएका व्यक्तिलाई दोस्रो नेताका रूपमा प्रस्तुत गरेका छन् । तेस्रोपटक पार्टी र देशको नेतृत्वमा चुनिएका सीले आफ्ना विश्वासपात्र ली छयाङलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको सांघाई प्रमुख रहेका ६३ वर्षीय ली यसअघि राष्ट्रपति सीको ‘चिफ अफ स्टाफ’ रहिसकेका व्यक्ति हुन् । लामो समयदेखि सी निकट रहेका ली चीनको शक्तियुक्त दोस्रो नेता बनेका हुन् । कहिल्यै स्टेट काउन्सिलसम्म नबनेका उनी वरीयतामा माथि रहेका धेरै नेतालाई पछि पार्दै प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

सीको तेस्रो कार्यकालमा प्रधानमन्त्री बनेका ली नगरपालिका तथा प्रदेशबाट सिधै चीनको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति भएका अमेरिकी विश्वविद्यालयका प्राध्यापक याङ जोङले बताएका छन् ।

आफ्नो छुट्टै शक्ति र स्थापित आधारबिना लीले राज्य परिषद्मा सीले लिने रणनीतिलाई नै पछ्याउनेछन् । उनी पार्टीमा पनि सीको छायाका रूपमा मात्रै रहनेछन् । यसअघिका प्रधानमन्त्री ली खछ्याङलाई स्थायी समितिमा सीलाई टक्कर दिक्किने एकमात्र व्यक्तिका रूपमा हेरिन्थ्यो ।

एक दशकदेखि सत्तामा रहेका सीले तेस्रोपटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । पार्टी नेतृत्वमा लगातार तेस्रोपटक चुनिएसँगै उनले अहिले माओत्सेतुङसँग बराबरी गरेको छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रोपटक कुनै नेता सत्तामा आउन सकेका थिएनन् । माओपछि उनी जस्तै शक्तिशाली बनेका सीले आफू नेतृत्वको पार्टीको नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।

राष्ट्रपति सीको नयाँ स्थायी समितिमा प्रधानमन्त्री ली छयाङ, शाओ लेजी, वाङ हुनिङ, चाए छी, देङ सेसियाङ र ली सी रहेका छन् । स्थायी समिति घोषणा गर्दै सीले भने– ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद । मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस