९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो त्रैमासमा वाणिज्य बैङ्कको खुद ब्याज नाफा साढे ४९ अर्ब

अ+ अ-

काठमाडौँ । तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यति बेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरूले निरन्तर दबाब दिइरहेका छन् ।

वाणिज्य बैङ्कहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्‍याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरूले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष (आव) को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो ।

तर ब्याजदर वृद्धिले वाणिज्य बैङ्कको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज नाफा २८ दशमलव ४४ प्रतिशतले बढेको छ । वाणिज्य बैङ्कहरूले चालु आवको त्रैमासमा ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार ब्याज नाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार थियो ।

चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैङ्क अगाडि छ । बैङ्कले यस अवधिमा तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिल बैङ्कको ब्याज नाफा दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो ।

ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैङ्क दोस्रो र ग्लोबल आईएमई बैङ्क तेस्रो नम्बरमा छन् । यी दुई बैङ्कले असोज मसान्तसम्ममा क्रमशः तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र रु तीन अर्ब २० करोड २७ लाख चार हजार खुद ब्याजबाट नाफा कमाएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कको खुद ब्याज नाफा तीन अर्ब १८ करोड ३८ लाख ९९ हजार छ । नेपाल इन्भेष्टमेन्ट बैङ्क, सिद्धार्थ बैङ्क र एनएमबि बैङ्कले क्रमशः दुई अर्ब १२ करोड ९५ लाख, दुई अर्ब १२ करोड ८५ लाख र दुई अर्ब पाँच करोड ४२ लाख ब्याजबाट नाफा आर्जन गरेका छन् ।

प्रभु र कुमारी बैङ्कले एक अर्ब ९७ करोड कमाएका छन् भने नेपाल बैङ्क लिमिटेडले एक अर्ब ९० करोड खुद ब्याजबाट नाफा गरेको छ । एभरेस्ट बैङ्क र प्राइम कमर्सियल बैङ्कले एक अर्ब ८८ करोड ब्याज नाफा आर्जन गरेका छन् । साथै, कृषि विकास बैङ्कले एक अर्ब ८३ करोड, हिमालयन बैङ्कले एक अर्ब ८० करोड र मेगा बैङ्कले एक अर्ब ७९ करोड खुद ब्याज नाफा आर्जन गर्न सफल भएका छन् ।

समीक्षा अवधिमा सानिमा बैङ्कको ब्याज नाफा आर्जन एक अर्ब ६० करोड छ भने लक्ष्मी बैङ्कको एक अर्ब ५१ करोड छ । माछापुच्छ्रे, सिटिजन्स र सनराइज बैङ्कको ब्याज नाफा क्रमशः एक अर्ब ४७ करोड, एक अर्ब ४५ करोड र एक अर्ब ४३ करोड छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले एक अर्ब ४१ करोड, नेपाल एसबीआई बैङ्कले एक अर्ब २९ करोड, बैङ्क अफ काठमान्डुले एक अर्ब २२ करोड, सिभिल बैङ्कले एक अर्ब १५ करोड र एनसीसी बैङ्कले एक अर्ब १२ करोड खुद ब्याज नाफा गरेका छन् । त्यसै गरी सेन्चुरी कमर्सियल बैङ्कले सबैभन्दा कम एक अर्ब ७ करोड ६२ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी ब्याज नाफा बढाउनेमा एभरेस्ट बैङ्क छ । एभरेस्ट बैङ्कले गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा ४२ दशमलव नौ प्रतिशतले ब्याज नाफा बढाएको छ । त्यस्तै, लक्ष्मी बैङ्कले ४१ दशमलव तीन प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैङ्कले ३९ दशमलव ९४ प्रतिशत र नबिल बैङ्कले ३९ दशमलव चार प्रतिशतले ब्याज नाफा बढाएका छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार वाणिज्य बैङ्कहरूको औसत आधार दर २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत रहेकामा २०७९ भदौमा १० दशमलव एक प्रतिशत छ । २०७९ भदौमा वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव छ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस