१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन बताएका छन् ।  शुक्रबार चुनाव प्रचारका लागि गोरखा नगरपालिका पुगेका उनले मतदातालाई सम्बोधन गर्दै लामो समयदेखि बन्द रहेको रबर उद्योग पुन सञ्चालन गर्ने बताएका हुन् ।

‘सबैले गौरव गर्नुपर्ने धेरै राम्रो संरचना छ । ती संरचना यतिकै थन्किएका छन् । गोरखकाली टायर उद्योग यसलाई नयाँ व्यवस्थासहित सञ्चालन गर्छौँ  र यहाँका नागरिकलाई पुन रोजगारी र समृद्धिका लागि उपयोग गरिनेछ,’ प्रचण्डले भने । 

गोरखा नगरपालिका १३ स्थित रहेको गोरखकाली उद्योग नेपालकै एकमात्र रबर उद्योग हो ।  २०७२ सालको असारपछि कर्मचारी र मजदुरलाई तलब भत्ता तिर्न नसकेर काम नहुँदा उद्योग बन्द छ । प्रत्येक दिन ठूलो टायर ३ सय थान र सानो टायर २५० थान उत्पादन गर्ने क्षमता रहेको उद्योगमा ९७ कर्मचारी र १३५ मजदुर थिए ।  

उद्योगमा चिनिया प्रविधिका १९९० दशकको मेसिन छन् । अपग्रेडिङ गरेर नयाँ प्रविधि प्रयोग गरी उद्योग चलाउन नसक्दा उद्योग बन्द भएको हो । उद्योगबाट उत्पादन हुने टायर नेपालको ग्रामीण सडक सुहाउँदो भएको चर्चा छ । तर,गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः उद्योग सञ्चालन गर्ने बताएका हुन् । यसका लागि उनले पूर्वाधार र स्थानीयहरूलाई रोजगार दिने उल्लेख गरे । 

उद्योगमा अझै पनि करिब १५ करोडको कच्चापदार्थ मौज्दात रहेको एक कर्मचारीले बताए । उनका अनुसार ०७२ असारसम्म २१ करोड ६० लाख ६१ हजार रुपैयाँ तलब दिन बाँकी थियो । ६४ जना कर्मचारीलाई उपदान दिनुपर्ने बाँकी नै छ ।  

२०४९ सालमा स्थापना भएको उक्त उद्योग कमजोर व्यवस्थापनका कारण उद्योग नियमित रूपमा चल्न नसकेको स्थानीयवासी बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस