९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेमीको हत्या गर्ने महिलालाई २७ वर्षको जेल सजाय

अ+ अ-

काठमाडौँ । आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय सुनाइएको छ । अस्ट्रेलियाको एक अदालतले कानुनी कारणले नाम नखुलाइएकी ती ३४ वर्षीया महिलाले उनको प्रेमीलाई बन्चरोले हानेर हत्या गरेको ठहर गरेको छ । महिलाले ईर्ष्यावश बदला लिन प्रेमीको हत्या गरेको अनुसन्धानकर्ताले बताए ।

‘मृतकको हत्याले उनलाई माया गर्नेहरूमाथि गहिरो चोट परेको छ । उनका नजिकका व्यक्तिमा परेको शोकलाई केहीले पनि कम गर्न सक्दैन,’अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सर्वोच्च अदालतका न्यायाधीश नटाली एडम्सले शुक्रबार सजाय सुनाउँदा भनिन् ।  

महिलाले सेप्टेम्बर २०२० मा सिड्नीको एक घरमा सुतेर आईप्याड हेरिरहेका प्रेमीलाई बन्चरोले हानेर मारेकी थिइन् । लामो समयदेखिका ती पार्टनरको (सँगै बसोबास गर्ने प्रेमी) हत्या गर्नुअघि उनले गुगलमा कसरी सजिलै मार्ने भन्ने कयौँ सर्च गरेको पाइएको छ । अदालतमा उनले सर्च गरेको केही पदावली पढेर सुनाइएको थियो । 

‘कसैलाई बन्चरोले मार्ने हो भने, शरीरको कुन भागमा हान्नुपर्छ ?’, ‘ कसैलाई उम्लिरहेको तातो पानीले मार्न सकिन्छ ?’, ‘के चक्कुले मान्छे मार्न साँच्चै सजिलो हुन्छ ?’ जस्ता तथ्य सर्च गरेको अनुसन्धानदाताले पाएका छन् । हत्या गर्नुभन्दा केही अघि भने उनले ‘कसैलाई सबैभन्दा छिटो मार्न शरीरको कुन भागमा बन्चरोले हान्नुपर्छ ?’ भनेर सर्च गरेको पाइएको छ ।

शुक्रबार फैसला सुनाउने क्रममा न्यायाधीशले ती जोडीबीच ‘अस्थिर’ र ‘हिंसाले भरिपूर्ण’ सम्बन्ध रहेको बताएकी थिइन् । मारिएका पुरुषविरुद्ध सन् २०१०,२०११ र २०१९ मा हाल हत्या गर्ने महिलाविरुद्ध हिंसा गरेको आरोप लागेको थियो । 

मुद्दाबारे सहमत तथ्यहरू अनुसार, हत्या हुनुअघि पीडित पुरुष अर्कै महिलासँग बस्न थालेका थिए, जसले हत्यारा महिलालाई खतरनाक, हिंसात्मक बताएका थिए । त्यसपछि ती नयाँ महिलाले हत्यारा महिलालाई १९ म्यासेज पठाएर ‘उसको पुरुषले नयाँ महिलासँग यौन सम्बन्ध गरिरहेको’ बताएकी थिइन् ।

सोही दिन उनले पुरुषको हत्या गरेकी थिइन् । ३४ वर्षीया महिलाले पछि प्रहरी कहाँ गएर हत्याको स्वीकारोक्ति गरिन् तर प्रहरी सामु उनले प्रेमीले छुरा ल्याएकोजस्ता अनेक झुट बोलेकी थिइन् ।  अदालतको सजाय अनुसार महिलाले अब नोभेम्बर २०३९ मा मात्र उनलाई दिएको सजाय छुटको लागि निवेदन दिन सक्छिन् । 

प्रतिक्रिया दिनुहोस