९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईजी रवीन्द्र धानुकको बिदाइ, ४ दरबन्दी रिक्त

अ+ अ-

काठमाडौँ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाएका छन् । मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उनलाई बिदाइ गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डिआइजी किरण राणासहितका उच्च प्रहरी अधिकारीहरूले उनलाई बिदाइ गरेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण धानुकले अवकाश पाएका हुन् । २०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । अहिलेका आइजिपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका पोखरेल र आचार्यले उमेरहदका कारण अवकाश पाएका हुन् । यस्तै प्रशासन विभाग प्रमुख एआईजी अरुण कुमार बि.सी.कार्तिक १४ बाट अवकाशमा गइसकेका छन् । 

यससँगै प्रहरीमा चारजना एआईजीको दरबन्दी रिक्त भएको छ । धानुक प्रहरी नियमावली संशोधन गरेर एआईजीको उमेरहद ५८ वर्ष बनाउने कसरतमा लागेका थिए । तर, उनी सफल भएनन् । २०७८ चैत १७ मा धिरज प्रताप सिंह सँगै  धानुकलाई मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । विश्वराज पोखरेलसहित ४ प्रतिस्पर्धीलाई पछि पार्दै एआईजी भएको एक महिनामा सिंह आइजिपी भएका थिए । अरुण बिसी र धानुकको अवकाश सँगै प्रहरीमा चारजना एआईजीको दरबन्दी रिक्त भएको छ ।

रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डिआइजी प्रतिस्पर्धामा छन् । मधेस प्रदेशका डिआइजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् ।

२०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दीपक थापा प्रतिस्पर्धामा अगाडि छन् । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी किरण बज्राचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् । 

प्रतिक्रिया दिनुहोस