९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बन्दै छ यस्तो रणनीतिक कार्ययोजना !

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (सटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ ।

कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ ।

कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्‍याउने विद्यमान नीति भित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्व लगायतका विषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

जस अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस (नाटा) होटेल एसोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य विभिन्न सरोकारवाला सस्थाहरुसँग मिलेर कार्ययोजना तयार गर्न लागेको हो ।

प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाहरूले स्पष्ट पर्यटनमैत्री नीति, पर्यटनमा एकद्वार प्रणाली, पर्यटन व्यवसायलाई २४सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको उनले बताए । यस्तै कार्यशालाको अवसरमा व्यवसायीहरूले स्थानीय खाद्यान्न तथा घरवास कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने उनले बताए ।

लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाहरूले आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नु पर्ने कुरामा जोड दिएको लामिछानेको भनाइ छ ।

यस्तै सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रवर्द्धनका लागि छुट्टै रणनीति एवं ठोस योजना बनाउनु पर्नेमा जोड दिएको उनले बताए ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा कोभिड-१९ को सङ्कटको कारणले रोजगार र आय आर्जनका अवसरहरू गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरूले अल्पकालीन रोजगारका अवसरहरू प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरुका पर्यटकीय सम्पदाहरूको संवर्द्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरूका लागि रोजगार र आयआर्जनका अवसरहरूमा वृद्धि गर्ने उद्देश्यले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सञ्चालनमा ल्याइएको लामिछानेको भनाइ छ ।

यसै सन्दर्भमा परियोजनाले कोभिड-१९ का कारणबाट पर्यटन व्यवसायीहरू तथा जनशक्तिहरूमा परेको प्रभावलाई मूल्याङ्कन गरी आगामी दिनहरूमा विपत्ति तथा चुनौतीहरूसँग सामना गर्न सक्ने गरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गर्न लागेको परियोजनाका जीविकोपार्जनविज्ञ धर्म दवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस