८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा नाकामा सुरक्षा व्यवस्था कडा, तालिमप्राप्त कुकुर परिचालन

अ+ अ-

काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ ।

निर्वाचनमा कुनै पनि शङ्कास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिएको पर्साकाप्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्लामा १६७ वटा मतदानस्थल ४१२ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । वीरगन्ज कारागार र हुलाक कार्यालयमा अस्थायी मतदान केन्द्र राखिनेछ । कारागारको केन्द्रमा अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दी र हुलाक कार्यालयको केन्द्रमा सुरक्षाकर्मी र कर्मचारीले मतदान गर्नेछन् ।

६३ वटा मतदान स्थल अति संवेदनशील, ८५ वटा संवेदनशील र १९ वटा मतदान स्थललाई सामान्य भनी मूल्याङ्कन गरिएको छ । ती मतदान स्थलहरूको सुरक्षाका लागि म्यादीसहित ३ हजार २५५ जना, ९ सयको हाराहारीमा सशस्त्र प्रहरी र ७१२ नेपाली सेना परिचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

यस्तै निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाली सेनाले पनि ठाउँ ठाउँमा गस्ती गरिरहेको छ ।

भारतीय सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा सोमबारदेखि तालिम प्राप्त कुकर प्रयोग गरेर चेकजाँचमा कडाइ गरिएको छ । रक्सौलबाट नेपाल प्रवेश गर्ने नाकामा मितेरी पुल, शंकराचार्यद्वार, रजतजयन्ती चोक, छपकैया, सिर्सिया छोटी भन्सारमा तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

भारतबाट प्रवेश गर्ने पैदल यात्रु, सवारी साधनको चेकजाँचमा तालिम प्राप्त कुकुर प्रयोग गरिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लका अनुसार पहिलो दिन कुकुरले ६ एम्पुल लागु औषध बरामद गरेको छ । नुर्फिन, फेनारगन र डाइजेपाम २र२ एम्पुल सहित वीरगन्ज-१९ बिन्दवासिनी बस्ने १९ वर्षीय सहिद मियालाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस