८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान-गहुँ फल्ने खेतमा बेसारखेती

अ+ अ-

तुलसीपुर । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ ।

तुलसीपुर-७ मिलनचोकका कुमार भण्डारीले पहिले-पहिले खेतमा धान, गहुँखेती गर्थे । तर अहिले उनले बेसारखेती गरेका छन् । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसारखेती गरेका छन् । उनीहरुमात्रै होइन दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसारखेतीमा आकर्षित भएका छन् ।

तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला उद्योग सञ्चालनमा आएपछि किसान बेसारखेतीमा आकर्षित भएका हुन् । ‘पहिले धान, गहुँ लगाउँथ्यौँ, कहिलेकाहीँ तरकारी पनि लगाउथ्यौँ’, कृषक अधिकारीले भने, ‘तर त्यो उत्पादन बजारीकरण हुन सक्दैनथ्यो, तरकारीबाट पनि त्यति आम्दानी लिन नसकेपछि बेसार नै लगाउन थालेका हौँ ।’ त्यो उद्योगले किसानलाई बेसार उत्पादन गर्न प्रोत्साहनस्वरुप तालिम पनि प्रदान गर्‍यो र बीउ पनि उपलब्ध गराएपछि किसानले बेसारखेती गर्न थालेका हुन् ।

उत्पादित सबै बेसारलाई त्यही उद्योगले खरिद गर्छ र प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको छ । काँचो बेसार प्रतिकिलो रु ४० मा खरिद गर्ने गरेको छ । अधिकारीले मात्रै चार बिघा जग्गामा वार्षिक छ मेट्रिक टन जति बेसार उत्पादन गरेर उद्योगलाई उपलब्ध गराउने गरेका छन् । अधिकारी र भण्डारीजस्तै तुलसीपुरका एक सय २० किसानले अहिले बेसारखेती गर्ने गरेका छन् । ती सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधनपछि बजारीकरण गर्ने गरेको छ ।

यसरी बेसार खरिद गरेर बजारीकरण गरिदिएपछि आफूहरूलाई घर चलाउन सहज भएको भण्डारीले बताए । ‘हामीलाई अहिले बेसारखेती गरेर घर चलाउन सहज भएको छ’, उनले भने । तुलसीपुरको मोतीपुर, अम्बापुर, अम्वासलगायतका किसानले यसरी खेती गर्ने गरेका छन् ।

उद्योगले बेसारलाई प्रशोधन गरेर धुलो बनाई ३२ जिल्लामा पुर्‍याउने गरेको उद्योगका सञ्चालक जगदीश भण्डारीले बताए । ‘किसानले उत्पादन गरेको वस्तु बजारमा नपुग्ने र खेतमै कुहिने अवस्था थियो’, उनले भने, ‘यसैलाई मध्यनजर गरी हामीले यो उद्योग सञ्चालनमा ल्याएका हौँ, यसले किसानको जीवनस्तर पनि माथि उठाएको छ ।’

विसं २०७३ मा स्थापना भएको उक्त उद्योग सुरुआतमा रु एक करोड २५ लाख खर्च भए पनि अहिलेसम्म करिब डेढ करोड लगानी भइसकेको उनको भनाइ छ । जिल्लामा बेसारखेती नहुने र बेसार बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

‘बेसारमा रोग प्रतिरोधात्मक शक्ति पनि हुन्छ, पौष्टिक कुरा पनि हुन्छ’, उनले भने, ‘त्यसैले पनि बेसारलाई जिल्लामा उत्पादन गर्नुपर्छ भन्ने हेतुले कृषकलाई प्रोत्साहन गर्यौँ भने बजारीकरणका लागि हामीले उद्योग सञ्चालनमा ल्यायौँ ।’ अहिले उद्योग बजारीकरणका लागि चार र उद्योगमा काम गर्न अन्य १० कर्मचारीले काम गरिरहेको उनको भनाइ छ ।

बेसार उद्योगबाट वार्षिक रु चार करोडसम्मको कारोबार हुने गरेको छ । जसबाट पाँचदेखि सात प्रतिशत फाइदा हुने गरेको उनी बताउछन् । अहिले वार्षिक तीन सय मेट्रिक टन बेसारलाई प्रशोधन गर्ने गरिएको भए पनि यसलाई बढाएर करिब एक हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । ‘अहिले धेरै जिल्लामा माग भइ पनि आएको छ’, उनले भने, ‘त्यसैले उत्पादन र प्रशोधन पनि त्यत्तिकै बढाउनुपर्ने अबस्था छ ।’

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ । उद्योगले बेसारसँगै चिल्ली पाउडर, अदुवा पाउडर, मरिच पाउडर, सिस्नो पाउडर, मासु मसला, गरम मसलालगायत गरी ४२ थरि मसलासमेत उत्पादन हुने गरेको छ । अब केही समयमा रामपुर कम्पोजिट मकै तथा तोरीको बीउ उत्पादन गर्नेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस