१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय किसानको विश्वव्यापी बैठक नेपालमा हुने

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ । ललितपुरको गोदावरीमा हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहनेछ । उक्त आन्दोलन अन्तर्गत प्रगतिशील वामपन्थी, खाद्य सम्प्रभुता पक्षधर राष्ट्रको सञ्जाल विश्वव्यापी रूपमा विस्तार गरिएको छ ।

विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान सङ्गठनलाई क्षेत्रीय विभाजन गरिएको छ । दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, मध्य पूर्वी एसिया, युरोप, उत्तर अमेरिका, मध्य अमेरिका, दक्षिण अमेरिका, पश्चिम अफ्रिका, मध्य अफ्रिका, दक्षिण अफ्रिका, उत्तर अफ्रिकाका किसान सङ्गठनका नेताहरूले बैठकमा कोभिडपछि अन्तर्राष्ट्रिय तहमा देखा परेको आर्थिक मन्दीले बढेको खाद्य सङ्कट, गरिबी, भोकमरीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका उत्पादन र उत्पादकत्वमा आएको कमी, शक्ति राष्ट्रहरूबीच चलेको युद्धले कृषि क्षेत्रमा देखापरेको असर, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने, किसानको जीवन र जिविकामा सुधार ल्याउन उनीहरूको आर्थिक रूपान्तरणका विषयमा बैठकमा गहन छलफल गरिनेछ ।

नेपालका तर्फबाट नेकपा (एस) निकट अखिल नेपाल किसान महासङ्घले प्रतिनिधित्व गर्ने बैठकमा खाद्य सम्प्रभुता लागू गर्न देखापरेका चुनौतीबारे छलफल हुनेछ । अखिल नेपाल किसान महासङ्घका महासचिव प्रमेश पोखरेलले सन् १९९३ मा बेल्जियमबाट सुरु भएको लाभिया क्याम्पेसियनको नेपालले सदस्यता प्राप्त गरेको २० वर्षपछि पहिलोपटक नेपालमा यस्तो बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा सन् २०२३ मा ल्याटिन अमेरिकाको निकरागुवामा हुने आठौँ सम्मेलनको प्रतिनिधि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस