९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो गाउँ घरको सेवा गर्ने सपना पुरा हुँदै छ, खुसी छु : डा.माझी

अ+ अ-

डोटी । डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ४ दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलमा कार्यरत एमबिबिएस डा. इन्द्र माझीले आफ्नै गाउँठाउँमा सेवा गर्न पाउँदा आफू भाग्यमानी हुनुका साथै गाउँघरमा सेवा गर्ने सपना पुरा भएको बताए । 

नम्बर २ नारी गाउँमा जन्मेका डा. माझीले डाक्टर पढ्ने समय देखि नै आफ्नो गाउँघरमा रहेका दाजु, भाइ, दिदी, बहिनी,आमाहरूको सेवा गर्ने ठुलो रहर थियो, उक्त सपना अहिले बिस्तारै पुरा हुँदै गएको बताए । उनले भने, ‘यसरी डाक्टर पढेर आफ्नै गाउँ घरको सेवा गर्न पाउँने डाक्टर धेरै कम हुन्छन् आफ्नै गाउँघरको सेवा गर्न पाएकोमा म भाग्यमानी छु, ’गुणस्तरीय सेवा प्रवाह गर्न निरन्तर लागिरहने छु ।’

एमबिबिएस पढाई सम्पन्न गरे लगत्तै केही वर्ष काठमाडौँको हिमाल हस्पिटलमा काम गरेका डा. माझिले काठमाडौँ र डोटीमा काम गर्दाको केही फरक अनुभव भएको सुनाए । 

‘काठमाडौँमा सेवा लिन आउने सेवाग्राहीहरूको सेवासँग मात्र सम्बन्ध हुने गर्थ्यो तर डोटीमा सेवाग्राहीको सेवाका साथ साथै सम्मानजनक व्यवहार, कदर अपनत्व र प्रगाढ माया पाएको छु,’ उनले सुनाए। सुरुसुरुमा स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीहरू खुलेर बोल्न चाहान्नथे तर अहिले आफ्नै छोरा छोरी जस्तै सम्झेर ढुक्क तरिकाले आफ्ना समस्या राख्ने गरेको समेत डा. माझीले बताए । 

गाउँघरको स्वास्थ्य संस्था भएकाले पनि सबै प्रकारका सेवाहरू लिन सेवाग्राहीहरू आउने गरेको डा. माझीले बताए । प्राय हाडजोर्नि दुखाई, रुघा खोकी, महिला सम्बन्धी, बालबालिका सम्बन्धीका बढी आउने उनको भनाई छ । 

दुर्गामाडौँ स्वास्थ्य चौकी वायलबाट अहिले भिडियो एक्सरे, ल्याब सेवा र अन्य सामान्य सबै प्रकारका सेवाहरू प्रवाह हुने गरेको र केही समय पछि एक्सरे सेवा सुचारु भइरहेको समेत स्वास्थ्य चौकीले जनाएको छ । 

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरमा रहेको सुजङ बोर्डिङ स्कुलबाट उच्च माध्यामीक शिक्षा हासिल गरेका डा. माझीले फिलपीन्सबाट २०१९ मा एमबिबिएसको पढाई सम्पन्न गरेका थिए । पढाई सम्पन्न पश्चात् करिब तिन वर्ष सम्म काठमाडौँमा रहेको हिमाल हस्पिटलमा काम गरेका डा. माझीले २०७९ असोज महिनाबाट केआई सिंह पालिकामा काम गर्दै आएका छन् ।  

कोभिड सङ्क्रमणको उच्च जोखिमको समय आर्थिक वर्ष २०७७/०७८ मा सरकारले प्रत्येक पालिकामा कोभिड अस्पतालको लागि एक जना एमबिबिएस डाक्टर, स्टाफ नर्स लगायतका कर्मचारी व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरेको थियो । सो अवधिमा डोटीका सबै पालिकाले एम बिबिएस डाक्टर नियुक्त गरी कोभिड अस्पतालबाट कोभिड सम्बन्धीका सेवाका साथै अन्य सबै सेवा प्रवाह गरेका थिए । 

कोभिडको जोखिम कम भएसँगै सरकारले उक्त रकम २ वर्षको लागि मात्र निरन्तरता दिई कटौती गर्दा डोटीका अधिकांश पालिकाहरूले आफ्नो श्रोतबाट एम बिबिएस डाक्टरलाई निरन्तरता दिएको पाइन्छ । स्थानीय सरकारले व्यवस्थापन गर्ने गरी हाल डोटीको पुर्विचौकी गाउँपालिका र शिखर नगरपालिका बाहेकका सबै स्थानीय तहहरूमा एमबिबिएस डाक्टर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस