९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गड्डाचौकी नाका

अ+ अ-

काठमाडौँ । सीमावर्ती भारतसँग जोडिएको पश्चिम नेपालको नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। कञ्चनपुरको गड्डाचौकी र दोधारा चाँदनी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको माइती नेपालको तथ्याङ्कले देखाएको छ।

माइती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा मानव बेचबिखनका लागि तस्कर समूहले गड्डाचौकी र दोधारा चाँदनी नाका प्रयोग गर्दै आएका छन्। गड्डाचौकी नाका कामका लागि नेपाली नागरिक भारत जाने मूल नाका हो। दैनिक हजारौँको संख्यामा यहाँबाट नेपाली काममा लागि भारत जान्छन्।

पछिल्लो एक वर्षको अवधिमा सीमा क्षेत्रबाट जोखिममा परेका १५६ जनालाई बेचबिखनको जोखिमबाट मुक्त गराएको माइती नेपाल कञ्चनपुरको प्रतिवेदनमा उल्लेख छ। गड्डाचौकी नाकाबाट ८८ र दोधारा चाँदनी झोलुंगेपुल नाकाबाट ६८ जनालाई रोकेर परिवारको जिम्मा लगाइएको बताइएको छ। माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले सीमा क्षेत्रमा रोकथाम गरिएकामध्ये ७५ जना १८ वर्षमुनिका बालबालिका रहेका बताइन्।

सो अवधिमा भारतबाट २२ जनाको उद्धार गरिएको छ। आकर्षक रोजगारी, तेस्रो मुलुक पठाइदिने र विवाहसहितका प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा बेचिएका २२ जनाको उद्धार गरिएको हो। जसमध्ये तीन पुरुष र १९ महिला रहेका छन्। सीमावर्ती गड्डाचौकी नाकाबाट भारत गएका र उक्त नाकाबाट उद्धार गरिएको तथ्याङ्कले समेत पश्चिमी नाकामा मानव बेचबिखनको उच्च जोखिम रहेको देखिन्छ।

कार्यालयमा खोजतलासका लागि २०५ निवेदन दर्ता भएका बताइएको छ। घरेलु हिंसाका ४२, समाधान गरिएका २७ र मानव बेचबिखनविरुद्ध २ निवेदन दर्ता भएका थिए। जसमध्ये ३५ जना फेला परेका र बाँकी खोजतलासका क्रममा रहेको माइती नेपालले जनाएको छ।

नजिककै व्यक्तिबाट हुने बेचबिखन, स्वयं जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेस हुने र प्रविधिको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिँदै गएको संयोजक भट्टले बताइन्।

मानव बेचबिखन रोकथामका लागि माइती नेपालले सीमा क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि सोधपुछ गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस