११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपे-ए हाइड्रोमा तोडफोड तथा आगजनी, ३३ करोडको क्षति

अ+ अ-

काठमाडौँ । लमजुङ र गोरखाको सीमा क्षेत्र चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे-ए जलविद्युत आयोजनामा भएको तोडफोडबाट ३३ करोडभन्दा बढीको क्षति भएको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको थियो । 

आयोजनाको संरचनामा भएको तोडफोड र आगजनीबाट ३३ करोडको क्षति भएको आयोजनाको भनाइ छ । लमजुङको वृहत् सिँचाइ आयोजना राइनासटार सिँचाइ आयोजनाको मुहान नै प्रभावित पार्ने गरी आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले आयोजनामा तोडफोड गरेका हुन् । 

स्थानीयले गरेको तोडफोड र आगजनीबाट साढे तीन करोड बराबरको भौतिक क्षति भएको आयोजनाका अध्यक्ष डा.हरिराम पराजुलीले बताए । आयोजनाको भौतिक क्षतिसहित अब आयोजना पुनर्निर्माणका लागि लाग्ने अनुमानित खर्च र समय हिसाब गर्दा कम्तीमा ३३ करोड खर्च हुने अध्यक्ष पराजुलीको भनाइ छ । 

आक्रोशित स्थानीयले आयोजनाको दुई वटा ट्रक, दुई वटा मोटरसाइकल, दुई वटा जेनेरेटर र स्टोरमा आगलागी गरेका थिए भने आयोजनाको कार्यालय भवनमा तोडफोड गरेका थिए ।

०५२ सालमा सम्पन्न भई सञ्चालनमा आएको राइनासटार सिँचाई योजनाको मुहान मासिने गरी जलविद्युत आयोजनाको विद्युतगृह निर्माण भइरहेको उपभोक्ताको आरोप छ । आयोजनाको विद्युत् गृह नहरको मुहानभन्दा करिब २०० मिटर तल हुने गरी निर्माण भइरहेको छ ।

प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको ६० प्रतिशत काम पूरा भइसकेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस