७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराउन थाल्यो थारू समुदायको झुमडा नाच

अ+ अ-

कपिलवस्तु । युवा पुस्ताले झुमडा नाचको महत्त्व बिर्सिँदै गएकामा यहाँका थारू अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् । झुमडा थारू समुदायको पुरानो नाच हो । सो समुदायको जातीय पहिचान स्थापित गर्न यो नाचको निकै महत्त्वपूर्ण भूमिका छ ।

दिनभर खेतीमा काम गरेको थकाइ मेटाउन पुर्खाहरूले झुमडा नाच्ने गरेको वाणगङ्गा-५ कोपवाका संस्कृतिकर्मी तथा थारू कल्याणकारिणी सभा कपिलवस्तुका सल्लाहकार महादेव थारू बताउछन् । कामको थकाइलाई झुमडा नाचले बिर्साइदिने उनको अनुभव छ ।

तराई मधेसका आदिवासीका रूपमा चिनिने थारू समुदायमा पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दो छ । पुराना संस्कृति लोप हुन थालेका छन् । यो समुदायमा चलनचल्तीमा रहेका संस्कृतिलाई आजभोलि मेला, महोत्सव आयोजना गरी नयाँ पिँढीलाई चिनाउनुपर्ने अवस्था आएको छ ।

समाजमा रहेका विकृति, विसङ्गतिलाई झुमडा गीत र नाचको माध्यमबाट हटाइने गरेको उनको भनाइ छ । ‘अहिलेका पिँढीले झुमडा नाचको महत्त्व बुझ्न नसक्दा संस्कृति लोप हुने खतरा छ’, उनी भन्छन्, ‘अब थारू संस्कृतिहरू इतिहास बन्न बेर छैन ।’ विशेषगरी यो नाच दसहरा (दशैँ)देखि माघीसम्म नाच्ने गरिएको थारू अगुवाको भनाइ छ ।

बढीमा १५ महिला र पुरुष मिलेर झुमडा नाच नाचिने थारू अगुवा बताउँछन् । यो नाचमा गाइने गीत पनि मौलिक हुन्छ । एकल र समूह मिलेर झुमडा गाउने गरिन्छ । गीतमा मौलिक बाजा मनहरा (मादलजस्तै) बजाइन्छ । झुमडा नाचमा थारू समुदायमा चलनचल्तीमा रहेका वेषभूषाको प्रयोग गरिन्छ । पुरुषले धोती, फेटा, आसकट, बहकट्टी लगाउँछन् भने महिलाले लेहना, लेहङ्गा, अङ्गिया, फरिया लगाउने गर्दछन् ।

झुमडा नाच नाच्न युवा पिँढी लजाउने गरेका कोपवाका थारू अगुवा शिवप्रसाद थारूले बताए । मौलिक नाच भएकाले नृत्य, गायन र वेषभूषा पुरानै खालको हुन्छ तर अहिलेको पिँढीले नाच्न, गाउन र वेषभूषा लगाउन लाज मान्ने गरेको उनको भनाइ छ । वेषभूषामा पनि आधुनिकता छायो, उनले थपे, ‘नयाँ पिँढीले त्यसको सिको गर्न खोज्दैनन् ।’ झुमडा नाचमा ३५ थरिका ताल हुने उनले बताए । तर सबै ताल हराउँदै जान थालेका छन् । अहिले दुई तालको प्रयोग गरी नाच्ने गरिएको उनले जनाए ।

पुराना पुस्ताका थारू अगुवाले कतिपय ठाउँमा झुमडा नाचको संरक्षण गर्ने अभियान नै चलाएका छन् । कपिलवस्तुको शिवपुर, बरकुलपुर, चम्पापुर, दुवियाँ, हथौसा, पटना, कोपवालगायतका स्थानमा थारू समुदायको बाहुल्य क्षेत्र हो । पछिल्ला केही वर्षदेखि माघे सङ्क्रान्तिको अवसर पारेर माघी महोत्सव मनाउने गरिएको छ । थारू भाषा, कला, संस्कृति बचाउने उद्देश्यले आयोजना गरिएको माघी खिचडी महोत्सवमा थारू समुदायका ऐतिहासिक कला, संस्कृति देख्न सकिन्छ ।

थारू समुदायले आयोजना गर्ने मेला, महोत्सवमा अन्य समुदायले पनि निकै चाखपूर्वक अवलोकन गर्ने गरेको थारू कल्याणकारिणीसभा कपिलवस्तुका पूर्वअध्यक्ष जञ्जीरप्रसाद थारूले बताए । थारू समुदायका कला, संस्कृति पछिल्लो समय हराउँदै जान थालेको अब सबै मिलेर संरक्षण गर्नुपर्नेमा उनको तर्क छ ।

जिल्लाका विभिन्न स्थानमा आयोजना गरिने माघी खिचडी महोत्सवमा थारू समुदायका पुराना नाच देख्न सकिन्छ । थारू समुदायको झर्रा, लाठी, मयूर, सजनी, विरहनीजस्ता नाच महत्त्वपूर्ण छन् ।

प्रतिक्रिया दिनुहोस