९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था : ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन् ।

मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने पूर्व मन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीको तर्क थियो । शनिबार काठमाडौँमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ को सार्वजनिक तथा अन्तर संवाद कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराए ।

उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गरे । नभए निर्वाचन अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उनले स्मरण गराए । उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको पनि पटक पटक दोहोर्‍याए ।

उनले भने, ‘एकदमै छिटो छिटो प्रणालीमा पुनर्विचार वाञ्छनीय कुरा होइन होला । हरेक पटक समस्यालाई हामीले चलाउन नसक्ने, धुलो आफ्नो निधारमा लागेको छ । गाडीको ऐना पुछेको पुछ्यै गरेर समाधान खोज्ने कुरा पनि सायद व्यवहारिक होइन होला । त्यस हिसाबले गर्दा यदि दलहरूको बीचमा टिकाउ खालको एलाइन्सको माग गर्छ अहिलेको हाम्रो राजनीतिक प्रणालीले । राजनीतिक स्थायित्वको निम्ति पनि त्यो आवश्यक छ । हामीकहाँ निर्वाचन पूर्व बनाइएका एलाइन्सहरु नटिक्ने र निर्वाचन लगत्तै त्यसले बेग्लै कोर्स लिने यो खालको स्थिति बनेको छ । निर्वाचनमा मतदाताले एउटा एलाइन्समा भोट हाल्छन् । तर, काठमाडौं आइपुग्दा नपुग्दै एलाइन्सहरु भत्किन्छ र, फेरि नयाँ ढङ्गले एउटा कोर्स सुरु हुन्छ भने यो अहिलेको हाम्रो निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुन नसकेको स्थितिमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने ? एउटा असाध्यै ठुलो चुनौती हाम्रा सामू छ जस्तो मलाई लाग्दछ । यसका लागि प्राज्ञिक बहसहरू ओपन गर्नपर्छ भन्ने म ठान्दछु ।’

ज्ञवालीले भने, ‘भर्खरै संविधान परिवर्तन गरिहाल्ने, संविधानका कतिपय प्रावधानहरू परिवर्तन गरिहाल्ने बेला हो भन्ने म ठान्दिन । तर यसको बारेमा एकदमै वस्तुनिष्ठ ढङ्गले अहिलेको निर्वाचन प्रणालीले यही भन्छ,‘यदि राजनीतिक स्थायित्व खोज्ने हो भने तिमीले दिगो पोलिसीवेष्ट, उद्देश्यमा आधारित एयरलाइन्स गर । जुन कुरा अहिलेको स्थितिसम्म हेर्दा खेरी करिब करिब असम्भव जस्तो देखिएको छ । यो प्रश्नमा पनि हामीले घोत्लिनु पर्ला जस्तो मलाई लाग्दछ ।’

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस