९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा ७० अङ्क ल्याए लाइसेन्सको ‘ट्रायल पास’ हुने प्रणाली लागू

अ+ अ-

हेटौँडा । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ।

यसअघि पटक–पटक रोकिँदै आएको ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम,रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका छन्। उनले फागुन १ गतेदेखि प्रदेशको उपत्यकाको जिल्लाहरूबाट ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली लागू गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले यातायात मन्त्रालयलाई मुख्यमन्त्रीले निर्देशन दिइसकेकोले फागुन १ गतेबाट सो अङ्क प्रणाली लागू हुने बताए।

उनले भने, ‘यसअघि ट्रायल सेन्टरका सञ्चालकले नै अहिले सक्दैनौँ भनेको भएर रोकिएको थियो। अहिले उहाँहरूले नै सक्छौँ भनेपछि हामीले यसलाई लागू गर्ने तयारी गरेका छौँ । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन। उनले ३ पटकसम्म उक्त प्रणाली लागू गर्ने तयारी गरेका थिए।

यस्तो छ प्रक्रिया
यो प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ। त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि रोमन अङ्क ८ (एट) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक ५ अङ्कको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुईँ टेके, ठिक दिशाबाट वा ठिक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ।

साँघुरो फलेकको अंकभार १० तोकिएको छ। साँघुरो फलेकमा खुट्टाले भुईँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्। निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ। ‘टर्निङ लाइट’ नबालेको खण्डमा १० अङ्क घटाइनेछ। त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक सङ्केतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ। एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्।

त्यसै गरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ। त्यसै गरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ। कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १०० तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ।

निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक ५ अङ्कको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, ठिक दिशाबाट वा ठिक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।

निर्देशिकामा ट्राफिक सङ्केतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अङ्क घट्ने प्रावधान राखिएको छ। त्यसै गरी यु–टर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। चार पाङ्ग्रे सवारी चालकलाई र्‍याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ।

ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसै गरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ।

प्रतिक्रिया दिनुहोस