८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भएन दुर्घटना न्यूनीकरण, १४ दुर्घटनामा ६ जनाको मृत्यु

अ+ अ-

ढोरपाटन । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने १३ गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नवबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाइ गर्नुका साथै सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिए पनि दुर्घटना न्यूनीकरण भएको छैन ।

जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार विस्तार भइरहेका ठाउँमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काले बताए । उनले ग्रामीण सडक साँघुरो, धेरै कच्ची हरेको र त्यस्ता सडकमा तीव्र गतिमा यातायातका साधन चलाउँदा दुर्घटना हुने गरेको बताए ।

जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन् । ती सडकमा चालकले मादकपर्दाथ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘दुर्घटना न्यूनीकरणका लागि गाउँ–गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनुपर्ने देखिन्छ, त्यो हामीहरूले गरी राखेका छौँ ।’

जिल्लामा गाडीले क्षमताभन्दा बढी बोक्ने हुँदा दुर्घटनाको जोखिम बढिरहेको बताए ।

उनले आठ महिनाको अवधिमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधनालाई कारबाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्वसमेत सङ्कलन गरेको बताउँछन् । कारबाही गरे मात्रै दुर्घटना नरोकिने उनको भनाइ छ ।

गत साउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन् । यस अवधिमा दुई हजार नौ सय ४९ मोटरसाइकल र आठ सय दुई वटा टिपर कारबाहीमा परेका छन् ।

ट्राफिक बागलुङको तथ्याङ्क हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँच लाख ४६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

तथ्याङ्क हेर्दा आठ सय ७० बस, दुई हजार तीन जीप, एक हजार एक सय ४३ ट्याक्टर र ३३ वटा अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।

हालसम्म ट्राफिक नियमको उल्लङ्घन गर्ने ट्याक्टरबाट सात लाख ८५ हजार, जीपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँच लाख ८४ हजार ५०० रुपैयाँ र अन्य सवारी साधनबाट २० हजार सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस