१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक समानता र न्याय 

अ+ अ-

राहुल साङ्कृत्यायनको “भोल्गादेखि गङ्गासम्म” पुस्तक भित्र आज भन्दा ३६१ पिँढीअघिको अर्थात् ३५०० ई.पू.को कथा समेटिएको छ । जसमा मानवताको आरम्भिक कालमा हिन्द, इरान र युरोपका सबै जातिहरू एक काबिलाका रूपमा थिए र ती काबिलाको नेतृत्व महिलाले गरेको उल्लेख छ । पिताको नभएर माताहरूको शासनमा काबिला चलेको थियो । काबिलाका सारा मानवहरू एउटै छानामुनि बस्ने, एकसाथ सिकार गर्ने र एकसाथ फल वा मधु जम्मा गर्ने गरेका कुराहरू कथामा उल्लेख छ । मानव समुदायकी एउटी नायिका र सारा मानवको सञ्चालन एउटा समितिले गर्ने गरेको तथ्य पनि उल्लेख छ । सिकार गर्नु, नाच्नु, प्रेम घर बनाउनु, छालाका पहिरन बनाउनु जस्ता काम जनसमितिले गर्ने जसमा जनमाताहरूको प्राधान्यता भएको उल्लेख छ । यसरी मानव सभ्यताको विकासको उषाकालमा अर्थात् फिरन्ते र ढुङ्गे युगमा एउटा सिङ्गो काबिलाको नेतृत्व महिलाले गरेको विश्व इतिहास भएको सन्दर्भमा विडम्बना मान्नु पर्छ कि आज विश्वभरि नै नारी दिवस मनाउँदै छौ । नारीका हक, अधिकार र लैङ्गिक समानताका आवाज उठाउँदै छौ । 

जब सिकार तथा सङ्कलन युग हुँदै मानव सभ्यताको विकास हुँदै गयो तब महिलाहरू घरभित्रको चारदिवारमा सीमित हुन थाले । परिवार, समाज, समुदाय हुँदै राज्यको विकास भएपछि महिलाहरूको अधिकार सीमित र दायित्व असीमित वा व्यापक हुँदै गयो । धर्म, संस्कृति, प्रथा एवं परम्पराका नाममा परिवार र समाजले महिला र पुरुषका काम, कर्तव्य र भूमिकाहरू तोकिदिए । उदाहरणको रूपमा महिलाले घरायसी काम गर्नुपर्ने, बच्चा जन्माउने, हुर्काउने, घरका सबै सदस्यको हेरचाह गर्नुपर्ने आदि र पुरुषहरूले आय आर्जन गर्नुपर्ने, घरको मूली हुने, पारिवारिक निर्णय र सम्पत्तिमाथि पुरुषको वर्चस्व आदि । 

अनुत्पादक कार्यमा मात्र महिलाको भूमिका सीमित गरिदिएको हुनाले उनीहरू आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक, न्यायिक, क्षेत्रहरूमा पछाडि पर्दे गए । फलस्वरूप हिंसा, दमन, शोषण, अन्यायमा पर्दे गए । मानवरूपी जीवन रथको दुई पाङ्ग्रा मध्ये एउटा अत्यन्त कमजोर हुन पुग्यो । जसको नकारात्मक असर स्वयं व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्रमा परिरहेको छ । समाजमा महिला र पुरुषबिचको असमानता र भेदभाव रहेसम्म सहअस्तित्व कायम हुन सक्दैन र सहअस्तित्व नभएसम्म परिवार, समाज र राष्ट्रले समृद्धि हासिल गर्न सक्दैन । पुरुषहरूले मात्रै राज्यका अवसरहरूको उपयोग गर्दे जाने तर महिलाहरू घरायसी काममा मात्र अल्झिरहने हो भने एउटा रथका दुई पाङ्ग्रा एउटै गतिमा नहिँडेर एउटा तीव्र रूपमा गुड्ने र अर्को घिस्रेर हिडने हुँदा दुर्घटना हुने वा मानव अस्तित्वमाथि सङ्कट आउने सम्भावना हुन्छ । तसर्थ महिला र पुरुषबिचमा समानान्तर विकास आजको आवश्यकता हो । 

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने घोषणा सहित महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुन पाउने हक लगायतका मौलिक हकको प्रत्याभूति गरेको भएता पनि व्यवहारमा महिला पीडित छन् । व्यक्तिले गरेका हिंसाबाट महिलाले न्याय पाउन विभिन्न सरकारी निकाय कार्यरत छन्, ऐन, कानुन छन्, कार्यविधि एवं संयन्त्र छन् तर शून्य सहनशीलताको नीति लिएको राज्यले नै महिलालाई अपमान गर्छ, अन्याय गर्छ भने त्यसको न्याय काहाबाट पाउने हो ? कसरी त्यो परिवार, समाज र राष्ट्रको उन्न्ती हुन सक्छ जहाँ महिलाको आँखामा अपमानको ज्वार भाटा उर्लिरहेको हुन्छ । समान जोस जाँगर, योग्यता, क्षमता, ल्याकत  हुँदा हुँदै पनि महिला भएको कारणबाट विभेदपूर्ण व्यवहारको सामना गर्नुपर्ने हुन्छ ।  

वर्ल्ड इकोनोमिक फोरमको सन् २०१९ को प्रतिवेदनले लैङ्गिक समानता ल्याउन विश्वलाई एक सय आठ वर्ष र नेपाल जस्ता एसिया प्रशान्त क्षेत्रका मुलुकलाई एक सय एकहत्तर वर्ष लाग्ने अनुमान गरेबाट पनि विश्वभरिका महिलाले सामाजिक विभेद एवं असमानता खेप्नु परेको तथ्य प्रमाणित हुन्छ । 

झट्ट हेर्दा महिलाहरू सहजै उच्च तहमा पुगेको देखिएता पनि थुप्रै हन्डर, ठक्कर, गोता खाएर मात्र पुगेका छन् । पारिवारिक, व्यावसायिक एवं राजनीतिक जीवनमा महिलाहरूको सङ्घर्ष त्यति सहज छैन । सामाजिक सोच, परम्परा, परिवारको रेखदेखदेखि बच्चा जन्माउने, हुर्काउनेसम्मका जिम्मेवारीको बोझले महिलाहरूलाई सधैँ थिचिरहेको हुन्छ । त्यस्तै महिलाको शारीरिक एवं मानसिक अवस्थाले पनि नजानिँदो किसिमले वृत्ति विकासमा नकारात्मक असर पुर्‍याइरहेको छ । समाजको मूल्य,मान्यता, धारणा, आचरण, मानसिकता, विश्वाससँग सार्वजनिक विषयहरू जोडिएको हुन्छ र त्यसको प्रभाव महिलाको राजनीतिक एवं व्यावसायिक जीवनमा समेत पर्छ । व्यावसायिक एवं राजनीतिक करियर सफल हुन अनौपचारिक सम्बन्धले पनि ठुलो भूमिका खेलेको हुन्छ । यस्ता सम्बन्ध महिलाहरूले कमै बनाउने गरेको पाइन्छ भने पुरुषहरूको ठुलो नेक्सस हुन्छ, जसले उनीहरूको करियरमा नदेखिने अदृश्य तरिकाले वृत्ति शृङ्खला चढ्न मद्दत पुर्‍याइरहेको हुन्छ । विशेष गरी सहायक स्तरका काममा महिलाहरूलाई बढी विश्वास गरिन्छ । तर, चुनौतीपूर्ण एवं नेतृत्व लिने काममा भने महिलाहरूले अवसर पाउन निकै पापड बेल्नुपर्ने हुन्छ । गर्न सक्छिन् र ? भन्ने प्रश्न वाण प्रहार गरी अवमूल्यन गरिन्छ । प्रायः जसो सबै सार्वजनिक पदमा पुरुषहरूको बाहुल्यता रहेको नेपाली समाजमा महिलाको नेतृत्व सहज रूपमा स्वीकार गर्न नसक्ने सामाजिक अवस्था यद्यपि छँदै छ । 

हाम्रो समाजले पुरुषलाई उच्च दर्जा र महिलालाई सहायक स्तरमा राखेकै कारण महिलाले व्यावसायिक एवं राजनीतिक जीवनमा आफ्नो क्षमता, ल्याकत एवं नेतृत्व कौशलको बारम्बार पुष्टिका साथै प्रमाणित गरिरहनुपर्छ । महत्त्वपूर्ण, नवीन र चुनौतीपूर्ण कामहरू पुरुषले गर्दा सामान्य रूपमा लिइन्छ भने त्यही काम महिलाले गर्दा सूक्ष्म र मिहिन तरिकाले नियालिन्छ । पुरुष सफल नहुँदा खासै चर्चा चल्दैन । तर, महिला असफल भएमा ठुलो चर्चा, परिचर्चा एवं टीका टिप्पणी हुन सुरु हुन्छ । शक्तिशाली एवं उच्च तहमा रहेका पुरुषहरू सबै सफल हुन सकेका छैनन् । हामीले देखिरहेका छौँ कुनै हैसियत र ल्याकत नभएका पुरुषले उच्च तहको सार्वजनिक पद ओगटेर बसिरहेका छन् । तर, उनीहरू माथि औला कमै उठेको देखिन्छ किनकि ऊ पुरुष हो । एकाध महिला उच्च तहमा पुगे भने उनीहरूको सानो त्रुटिलाई बढाइचढाई गरी तिलको पहाड बनाउने प्रयास सुरु हुन्छ । पदभन्दा पनि महिलाबाट उसको कामको चर्चा/परिचर्चा चल्न सुरु हुन्छ । महिलाले गर्ने निर्णय माथि सदैव प्रश्न चिन्ह खडा गरिन्छ, जुन निर्णय चित्त नबुझेर होइन निर्णय गर्ने व्यक्ति महिला भएर उठेको हो । यसो भन्दैमा महिला जति सबै सक्षम छन् भन्न खोजेको होइन । निर्णायक तहमा पुगेका सबै महिला सफल हुन सकेका छैनन् । तर, महिलाको निर्णयात्मक तहमा पुग्ने बाटो साँघुरो बनाईएकोछ भन्न मात्र खोजेको हो ।

वास्तवमा महिला र पुरुष बिचको सहकार्य, सहअस्तित्व र सहविकासबिना कुनै पनि राष्ट्रको सन्तुलित एवं समानुपातिक विकास हुन सक्दैन । आधा आकाश ढाकेका महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा र शोषणको अन्त्य गरी आर्थिक समृद्धि र दिगो विकासका लागि महिलाको समान अग्रसरता र नेत्तृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन अवसर र लाभमा महिलाको समान पहुँच सुनिश्चित गर्न र लैङ्गिक समानता तथा सशक्तीकरण मापन गर्ने तथ्याङ्क प्रणाली विकास गर्न राज्य संवेदनशील हुन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस