९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्‍याउन निर्देशन

अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो ।

भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेको सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताए ।

उनले बालगृह सञ्चालकलाई मापदण्ड पुर्‍याएर मात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराए ।

‘कुनै पनि बालगृह बिना मापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन’, उनले भने, ‘समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्छु ।’

कुनै पनि समय संस्थाको अनुगमनमा आफूहरू आउन सक्ने भन्दै उनले त्यति बेला मापदण्डअनुसार सञ्चालन गरेको नपाइए कडा कारबाही हुने बताए । बालगृह सञ्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, स्वास्थ्य परीक्षणलगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सञ्चालनमा रहेका सबै बालगृहमा निरन्तर अनुगमनको खाँचो रहेको प्रस्ट पारे । ‘हामीले बालगृहहरूको निरन्तर अनुगमन गरिरहेका छौँ, छड्के अनुगमन गर्दा कमी–कमजोरी पाइएमा कामकारबाही हुन्छ’, अधिकृत रानाले भने ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महानगरभित्र अहिले २३ वटा बालगृह सञ्चालनमा रहेको बताइन् । पौडेलका अनुसार २३ वटा बालगृहमा संरक्षित बालबालिकाको सङ्ख्या छ सय ७८ रहेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार काठमाडौँपछि भरतपुरमा सबैभन्दा बढी बालगृह सञ्चालनमा छन् । परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले चितवनका बालगृह उत्कृष्ट श्रेणीमा पर्ने गरेको बताइन् ।

चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको भन्दै उनले सङ्घीय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहको अनुगमन तथा रेखदेख गरिरहेको जानकारी दिइन् । यसअघि गत असारमा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहको अनुगमन तथा निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस