१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक कालोपत्रपछि उत्पादनले बजार पायो

अ+ अ-

पाँचथर । गाउँसम्मै सडक कालोपत्र भएपछि पाँचथर फिदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न छन् । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन् । उत्पादित सागसब्जी बजार पुर्‍याउन सकिएको अधिकारीको भनाइ छ ।

‘यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्थ्यो । बुढापाकालाई त पाँच घण्टासम्म लाग्थ्यो’, सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस सम्झिँदै अधिकारीले भने, ‘सडक कच्ची हुँदा यात्रा गर्न निकै सकस हुन्थ्यो, धुलो र हिलोले सास्ती खेप्नु परेको थियो ।’

फिदिम–फालोट सडकको फिदिम–सल्लेरी १० किलोमिटर सडक कालोपत्रे भएपछि २५–३० मिनेटमा फिदिम पुग्न सकिने अधिकारीको भनाइ छ । ‘अहिले धेरै सजिलो भएको छ । सोचेको समयमा फिदिम पुगेर काम गर्न सकिने भयो । पहिले यस्तो स्थिति थिएन’, अधिकारीले भने, ‘यहाँ सिजनअनुसार उत्पादन हुने सागसब्जी, फलफूल बिक्री गर्न सहज होला भन्ने लागेको छ ।’

भारतसँगको सीमा क्षेत्र फालोटलाई सदरमुकाम फिदिमसँग जोड्ने फिदिम–फालोट सडकको नांगीन सल्लेरीदेखि लुदिनटारसम्मको २५ किलोमिटर सडक कालोपत्रे भएको तीन वर्ष भए पनि फिदिम–सल्लेरी खण्ड कच्ची हुँदा अधिकारी जस्तै यस क्षेत्रका सर्वसाधारणले हैरानी बेहोर्दै आएका थिए । पूर्वाधार विकास कार्यालय चार वर्षअघि थालेको फिदिम–सल्लेरी खण्डको कालोपत्रेको कार्य पूरा गरेपछि स्थानीयवासी खुसी भएका हुन् ।

पूर्वाधार विकास कार्यालय फिदिमका प्रमुख राजनराज रेड्डीका अनुसार जिल्लाको मुख्य सडकको रुपमा रहेको फिदिम–फालोट सडकको उक्त खण्ड कन्काई पीएस जेभीले रु ६० करोड २७ लाखको लागत निर्माण कार्य सम्पन्न गरेको हो । ग्रामीण सडक भए पनि नालीसहित सात मिटर चौडा सडक निर्माण भएको छ । कोभिडका कारण दुई वर्ष म्याद थप भई आगामी असारसम्म सम्पन्न गर्ने सम्झौताबमोजिम निर्माण कम्पनीले अधिकांश कार्य सम्पन्न गरेको उनले बताए ।

सङ्घीय सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तर्गत फिदिम–फालोट सडकको नांगीन सल्लेरी–लुदिनटार खण्डको २५ किलोमिटर सडक तीन वर्षअघि नै कालोपत्रे भइसकेको छ । रु ९० करोड ८३ लाख ३५ हजारको लागतमा उक्त खण्ड कालोपत्रे भएको थियो । सल्लेरी–लुदिनटार खण्ड कालोपत्रे अघि बढ्दा फिदिम–सल्लेरी खण्ड उन्नति समावेशी परियोजनाले निर्माण गरिरहेको थियो तर निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि यो खण्ड अलपत्र बनेको थियो ।

फिदिम–फालोट सडकको लुदिनटार–फालोटको बाँकी २५ किलोमिटरमध्ये ११ किमी सडक कालोपत्रेको ठेक्का प्रक्रिया अघि बढ्न लागेको पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले जानकारी दिए । ‘क्रमशः सीमा क्षेत्रसम्म कालोपत्रे सडक पुर्‍याउने योजनाअनुसार चाँडै ११ किलोमिटर सडक कालोपत्रेको ठेक्का आह्वान हुन्छ’, उनले भने । यो सडकबाट जिल्लाको फिदिम नगरपालिकाको वडा नं १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका बासिन्दाले प्रत्यक्ष लाभ पाउने छन् । अहिले पनि ग्रामीण क्षेत्रलाई जोड्ने ३५ किलोमिटर सडक कालोपत्रे भएपछि यस क्षेत्रका हजारौँ लाभग्राहीले सेवा पाएका छन् ।

यस्तै पूर्वाधार विकास कार्यालयले फिदिम–सन्दकपुर सडकअन्तर्गत फिदिम–रानीटार खण्डको सात किलोमिटर सडक पनि कालोपत्रे सम्पन्न गर्न लागेको छ । गत हप्ता सुरु भएको यो खण्डको कालोपत्रे आगामी दुई हप्तामा सकिने कार्यालयका प्रमुख रेड्डीले जानकारी दिए । रु २६ करोड ५० लाखको लागतमा दिवा एण्ड सफल जेभीले सडक निर्माण गरिरहेको छ । फिदिमको शिवालय मन्दिरबाट फिदिम–७ रानीटार, फिदिम–१३ लुङरुपा हुँदै सन्दकपुर जोड्ने योजनासहित यो सडक निर्माण भइरहेको छ । यस सडकबाट फिदिम नगरपालिकाका ७, ८, १३ र १४ का वासिन्दाले लाभ लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस