७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

अ+ अ-

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ ।

दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ खण्डको जिम्मा एपी एस सिएफ इसिसी जेवीले र तल्लो खण्डको जिम्मा भरत सिद्धिशाही जेवीले लिएको थियो । बिहुँ खण्डको आगामी असार ५ गते म्याद सकिँदै छ भने अक्षते खण्डको असार मसान्तसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गर्दा असार मसान्तसम्म नकिनेमा स्थानीयले शङ्का व्यक्त गरेका छन् । तल्लो खण्डमा तीव्र गतिमा काम भएको हुँदा स्थानीयमा आशा पलाएको छ ।

बागलुङदेखि खहरेसम्म केही महिना अगाडि नै कालोपत्रे भएको थियो भने अहिले खहरेदेखि अक्षतेसम्म तीव्र गतिमा काम भइरहेको छ । यस खण्डमा अहिले सडक चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । सडक कालोपत्रे हुन लागेपछि स्थानीय हिलो र धुलोबाट मुक्त हुने बताउँछन् । एक सातासम्म सडकको धुलो घरभित्रै आउने गरेकोमा अहिले कालोपत्रे गर्न थालेपछि कम भएको बागलुङ नगरपालिका–३ खहरेका स्थानीय जङ्गबहादुर कार्कीले बताए ।

कार्की भन्छन्, ‘आधा जीवन भारतीय सैनिकमा बिताएँ, आधा जीवन यही सडकमा पानी हाल्दाहाल्दै गयो, अब दिन दिनै उठेर सडकमा पानी लगाउनुपर्ने छैन, यो सडकले धेरैलाई सुविधा दियो तर सडक छेउछाउका क्षेत्रका मान्छेलाई साह्रै दुःख पनि भोग्नुपर्‍यो, करिब २५ वर्ष यो सडकमा पानी हालेरै बित्यो, पूर्व–पश्चिमबाट दैनिक दर्जनौँ गाडी धुलो उडाउँदै गुड्छन्, पानी नलगाएसम्म घर बाहिर निस्किन सकिँदैनथ्यो, अहिले धेरै सजियो भयो, धुलो पनि कम भएको छ ।’

तल्लो खण्डमा तीव्र गतिमा काम भएपछि माथिल्लो खण्डका स्थानीयले यहाँको कामलाई तीव्रता दिन माग गरी रहेका छन् तर निर्माण कम्पनीले धिमा गतिमा काम गरेको छ । यस खण्डको ठेकेदार समय–समयमा सम्पर्कविहीन हुने गरेको छ । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक पुग्नै लाग्यो । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले अटेरी गर्दा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए । विकले सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको बताए । सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको उनको भनाइ छ ।

‘पहिले सडक आयो, सडयो, सडक आएपछि धेरैले सडक छेउछाउमा घर पनि बनाए तर वर्षौंसम्म सडक कालोपत्रे हुन नसक्दा विस्थापित हुन बाध्य भए, अहिले बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाटोमा पानी हाल्ने काम गर्नु पर्छ’, उनले भने, ‘ठेकेदारले बेला बेलामा काम गर्ला जस्तो गर्छ, तर झारा टारेजस्तो मात्रै गर्छ, हामीहरू हैरान भयौँ, यहाँको समस्या कसैले बुझेन ।’

लोक मार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जिल्लाको दुर्गम मानिने निसीखोलामा भने दुई वर्ष अगाडि नै कालोपत्रे भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने एक दशक पहिले नै कालोपत्रे भएको थियो । उक्त खण्डमा अहिले मर्मतसम्भार कार्य हुँदैछ । जिल्ला भर अब बाँकी करिब १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । लोक मार्गको सबै खण्ड असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताए ।

श्रेष्ठले निर्माण कम्पनीले असार मसान्तसम्म काम नसके ठेक्का सम्झौता तोड्ने बताए । उनी भन्छन्, ‘बागलुङ खण्डमा पर्ने धेरै खण्डमा काम सकिसकेको छ, अब धेरै काम बाँकी छैन, असार मसान्तसम्म सबै काम ‘कम्पिलिट’ हुन्छ, यस पटक काम नसकिएपछि जसरी पनि ठेक्का रद्द हुन्छ ।’

प्रतिक्रिया दिनुहोस