१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनुपर्छ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोस, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षमा उमङ्गका साथ समाजमा विद्यमान सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गरोस् भनी कामना गरे ।

उपराष्ट्रपति यादवले देशमा प्राकृतिक वरदानको रूपमा रहेको जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्ति जस्ता महत्त्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउन लक्षित हुनुपर्नेमा जोड दिए । उनले दिगो विकासको लक्ष्य हासिल गर्न तथा सामाजिक न्यायसहितको समतामूलक समाज स्थापना गर्न आह्वान गरे ।

उपराष्ट्रपति यादवले सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावना अभिवृद्धि गर्दै अघि बढ्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव भएको र हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको उल्लेख गरे ।

उपराष्ट्रपति यादवले संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि सङ्घीयतालाई कार्यान्वयन गर्ने, राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशितालाई बलियो बनाउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने काम अझै चुनौतीपूर्ण रहेको सन्देशमा उल्लेख गरेका छन् ।

‘गत वर्ष विश्वव्यापी रूपमा देखा परेका मन्दीले मुलुकको जनजीवन र अर्थतन्त्रमा चुनौतीहरू थप्यो । प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनका साथै निर्माण सम्पन्न भइसकेका पूर्वाधारमा नोक्सानी हुन पुग्यो । त्यसको परिणाम स्वरूप औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन, पुँजी बजारमा आएको गिरावट, वित्तीय क्षेत्रमा तरलता सङ्कुचन लगायतका समस्याले अर्थतन्त्रमा समस्या सिर्जना गर्‍यो,’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस