९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार एजेन्टले लाइसेन्स भाडामा लगाउने प्रथा अन्त्य

अ+ अ-

काठमाडौँ । भन्सार एजेन्टको लाइसेन्स भाडामा लगाउने प्रथाको अन्त्य गरिएको छ । सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले भाडामा प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज गरेको हो । 

नयाँ व्यवस्थाले भन्सार जाँच पासमा अनुमति नलिएका व्यक्तिहरूको प्रवेशलाई निरुत्साहित गर्नेछ । आर्थिक विधेयक २०८०/८१ अनुसारमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरू हटाइएको हो ।

भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ ।’ भन्ने व्यवस्थालाई संशोधन गरी सरकारले  ‘निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ’ भन्ने व्यवस्था गरेको छ ।

उपदफा १ को आधारमा भन्सार नियमावली २०६४ को नियम ३७ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपनियम ९ मा भन्सार एजेन्टले बढीमा २ जना व्यक्तिलाई आफ्नो प्रतिनिधिको रूपमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको थियो । संशोधित भन्सार ऐन अनुसार अब भन्सार एजेन्ट स्वयम् भन्सार कार्यालयमा उपस्थित भई मालवस्तु जाँचपास गर्नुपर्ने भएको छ । यसै आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले छ सय १८ जना नयाँ भन्सार एजेन्ट नियुक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस