१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो पदमा नियुक्त कर्मचारीको शुरु स्केल निर्धारण गर्ने सामान्यको निर्णय बदर

अ+ अ-

काठमाडौँ । खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो पदमा नियुक्त कर्मचारीलाई खाइपाइ आएको तलब भन्दा कम भए पनि शुरु तलबमान मात्र उपलब्ध गराउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय बदर भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र शुश्मलता माथेमाको संयुक्त इजलासले नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव युवाचन्द्र घिमिरेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै मन्त्रालयको निर्णय बदर हुने गरी रिट जारी गरेको हो । 

निजामती सेवामा कार्यरत कर्मचारीले लोक सेवा आयोगले लिएको माथिल्लो पदको खुल्ला परीक्षा उर्तिण गरी नियुक्ति भएमा सो पदमा नयाँ नियुक्ति मानी तल्लो पदमा खाइपाइ आएको तलब भन्दा कम भए पनि शूरु तलबमान मात्र उपलब्ध गराउने मन्त्रालयको निर्णयविरुद्ध कर्मचारी सङ्गठन अदालत गएको थियो । जसमा निजामती सेवा नियमावली २०५० को नियम ९१ को उप नियम १ को अवस्था हुने मन्त्रालयको भनाई थियो ।

तर सङ्गठनले भने निजामती सेवा नियमावलीको नियम ९१ को उपनियम २ को अवस्था अर्थात् बढुवा (पदोन्नति) भए सरह मानी तल्लो पदको खाइपाइ आएको तलबमान भन्दा कम नहुने गरी तलब निर्धारण गर्नु भन्ने निजामती किताबखानाको २०७० पुष ८ गतेको निर्णय अनुसार तलबी प्रतिवेदन पारित भइरहेको जिकिर गरेको थियो । 

निजामती सेवामा बहाल रहेको कर्मचारीले मन्त्रालय, विभाग, संवैधानिक निकाय र उपत्यका स्थित कार्यालयले निजामती कितावखानाबाट र जिल्ला स्थित कार्यालयले जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट तलबी प्रतिवेदन पारित गराई तलब खुवाउने व्यवस्था रहेको छ । 

मन्त्रालयले गरेको निर्णय निजामती सेवा ऐन २०४९, निजामती सेवा नियमावली २०५०, निजामती किताबखानाको मिति २०७० पुष ८ गतेको निर्णयका साथै तलब र ग्रेड रकम उपलब्ध गराउने प्रक्रिया र पद्धति, पदोन्नतिको समान्य सिद्धान्त (पदको वृद्धि, तलब सुविधाको वृद्धि र कार्य क्षेत्र वा जिम्मेवारीको वृद्धि) को विपरीत भएको नेपाल निजामती कर्मचारी सङ्गठनको भनाई थियो ।

सर्वोच्चको यो निर्णयसँगै २०७६ साल पछि निजामती सेवामा खुल्ला तर्फ पद पूर्ति भएका खरिदार देखि सहसचिव सम्मका पाँच हजार बढी कर्मचारीहरू लाभान्वित हुने नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव रामचन्द्र अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस