९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीश समाजले गर्‍यो जिल्ला न्यायाधीशको मागप्रति समर्थन

अ+ अ-

काठमाडौँ । उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा जिल्ला अदालतका न्यायाधीशहरुलाई प्राथमिकता दिनुपर्ने मागप्रति न्यायाधीश समाजले समर्थन जनाएको छ।

जिल्ला न्यायाधीशहरुले सामूहिक रूपमा न्याय परिषद्का सदस्यहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै उच्च अदालतमा रिक्त भएको ४६ न्यायाधीश नियुक्त गर्दा आफूहरू स्थान दिन माग गरेका छन्।

६७ जना जिल्ला न्यायाधीशहरुले परिषद्का अध्यक्षसमेत रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, परिषद्का सदस्य कानुन मन्त्री धनराज गुरुङ, वरिष्ठतम न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, नेपाल बारका प्रतिनिधि रामप्रसाद श्रेष्ठ र सरकारको प्रतिनिधि रामप्रसाद भण्डारीको ध्यानाकर्षण गराएका छन्।

त्यसप्रति न्यायाधीश समाजले समर्थन गर्दै जिल्ला न्यायाधीशको वृत्ति विकासमा सहयोग गर्न न्याय परिषद्लाई आग्रह गरेको छ। न्यायाधीश समाजको अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा हुन्।

उनले परिषद्लाई पत्र लेख्दै भनेका छन्, ‘जिल्ला न्यायाधीशहरुले प्रस्तुत गर्नु भएको सामूहिक धारणाप्रति न्यायाधीश समाजको पूर्ण समर्थन रहेको छ। यस समाजका सदस्यहरूले सामूहिक रूपमा अभिव्यक्त गर्नु भएको सरोकार र धारणाप्रति न्याय परिषद्को तत्काल गम्भीर ध्यानाकर्षण हुनु पर्दछ । यो विषय न्यायाधीशको वृत्तिविकास सम्बन्धी वैयक्तिक चाहनाको विषय मात्र नभएर न्यायिक जनशक्तिको न्यायोचित व्यवस्थापन गर्ने तथा न्यायिक कार्य सम्पादनमा प्रभावकारिता कायम राख्ने विषय पनि हो। त्यसैले जिल्ला न्यायाधीशहरुले उचित कारण र पर्याप्त आधार सहित लिखित रूपमा प्रस्तुत गर्नु भएका धारणा र सरोकारका विषयहरूलाई न्याय परिषद्ले सकारात्मक र सम्वेदनशील रूपमा ग्रहण गरी सम्बोधन गर्नु आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस