८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगार विनिमय र यसको उपयोगिता

अ+ अ-

परिचय

रोजगारीका लागि सूचीकृत भएका तथा बेरोजगार सहायता प्राप्त गर्ने व्यक्तिहरूको योग्यता, दक्षता, अनुभव र सीपको आधारमा रोजगारदाताहरूलाई आवश्यक जनशक्ति उपलब्ध गराउने र रोजगारदाताहरूको आवश्यकताको आधारमा बेरोजगार व्यक्तिहरूलाई रोजगारदातासङ सम्पर्क स्थापित गर्ने सेवालाई रोजगार विनिमय सेवा भनिन्छ । बेरोजगार व्यक्तिहरूको रुचि र क्षमताका आधारमा स्वरोजगार हुनका लागि सीपमूलक तालिममा संलग्न गराउने वा सम्बन्धित निकायमा समन्वय गरी स्वरोजगार बनाउने कार्यलाई समेत रोजगार विनिमय सेवा बुझिन्छ । रोजगार विनिमयलाई रोजगार सेवा वा रोजगार एजेन्सी वा श्रम विनिमय पनि भनिन्छ ।

रोजगार विनिमय भन्नाले सरकारद्वारा स्थापित वा व्यवस्थित कुनै कार्यालय वा स्थान जसले रोजगारी सम्बन्धी सूचना, जानकारी वा परामर्श उपलब्ध गराउनको लागि आवश्यक सहयोग र सहजीकरण गर्ने काम सम्झनु पर्छ । रोजगार विनिमयले मुख्यतया तीन प्रकारका कार्यहरू (क) रोजगारी खोज्नेहरूको दर्ता र तिनीहरूको पदस्थापन वा नियुक्ति गर्ने, (ख) रोजगारी खोज्नेहरूलाई व्यावसायिक मार्गदर्शन प्रदान गर्ने (ग) सङ्गठित क्षेत्रका प्रतिष्ठानहरूबाट श्रम बजार सम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने गर्दछ । रोजगार विनिमय योग्यता र अनुभव को आधारमा रोजगार सहायता प्रदान गर्ने कार्य हो । जसले रोजगारी खोज्नेहरूलाई रोजगार सहायता प्रदान गर्दछ ।   

बेरोजगारहरूको सूचना सङ्कलन र रोजगारीमा पदस्थापन गर्न स्थापना गरिएका सेवा केन्द्रहरूमा रोजगारीको रिक्त संख्या एवं उपलब्धता बारे रोजगारदाताहरूलाई र सम्भावित कामदारहरूलाई जानकारी दिने सेवा नै रोजगार सेवा हो । बेरोजगारीको समस्यालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न तथा बेरोजगारहरूको सीप, क्षमता र प्राप्त तालिम अनुसार उपयुक्त रोजगारीका लागि रोजगारदातासङ र रोजगारदाताले काम अनुसारको उपयुक्त कामदार छनौट गर्न आवश्यक सहयोग गर्ने काम पनि गर्छन् । रोजगार विनिमयको काम गर्ने संस्था वा निकायहरूले रोजगारदाता र रोजगारी खोज्नेहरूलाई निःशुल्क रूपमा सेवाहरू उपलब्ध गराउने काम गर्छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको एकीकृत श्रम तथा रोजगार कार्यविधि, २०८० को दफा १७ बमोजिम बेरोजगार व्यक्ति र रोजगारदाता बीच सम्पर्क स्थापित गर्न एवं श्रम बजारको माग बमोजिमको श्रमिक आपूर्ति गर्न रोजगार सेवा केन्द्रले रोजगार विनिमय सेवाको सञ्चालन गर्न सक्ने व्यवस्था छ । 

रोजगार विनिमयको उद्देश्य

रोजगार विनिमयको मुख्य उद्देश्य बेरोजगार व्यक्तिहरूलाई कामको सम्भावना प्रदान गर्नुको साथै रोजगारी खोज्नेहरूलाई रोजगार सहायता प्रदान गर्नु हो । यसका अन्य उद्देश्यहरू निम्नानुसार रहेका छन्;

-रोजगारी खोज्नेहरूको दर्ता गर्ने,

-श्रम बजारको जानकारी सम्बन्धी सूचना सङ्कलन गर्ने,

-व्यावसायिक मार्गदर्शनका गतिविधिहरू जस्तै: क्यारियर वार्ता, क्यारियर मार्गदर्शन आदि प्रदान गर्ने,

-रोजगारी खोज्नेहरूलाई स्व-रोजगारका विभिन्न अवसरहरूका लागि मार्गदर्शन गर्ने,

-रिक्त पद वा उपलब्ध कामहरूको बारेमा जानकारी दिने,

-उद्योग प्रतिष्ठानहरूका लागि विभिन्न किसिमका दक्ष कामदारहरूको स्थिर प्रवाह सुनिश्चित गर्ने,

-शिक्षित बेरोजगार युवाहरूलाई उपयुक्त औद्योगिक तालिम दिई औद्योगिक रोजगारीमा पदस्थापन गरी बेरोजगारी घटाउनुको साथै औद्योगिक उत्पादनको गुणस्तर र परिमाणमा वृद्धि गर्ने

§  योग्यता र अनुभवको आधारमा रोजगार सहायता प्रदान गर्ने ।

रोजगार विनिमयका आवश्यकता

रोजगार विनिमयले सम्भावित रोजगारदाताहरू, उपलब्ध काम र रोजगारी खोज्ने व्यक्तिहरूको जानकारी सङ्कलन गर्ने कार्य गर्दछ । रोजगार विनिमयले करियर परामर्श र व्यावसायिक मार्गदर्शन गर्ने काम समेत गर्ने गर्दछ । जसले गर्दा रोजगारी खोज्ने व्यक्तिहरूलाई उपयुक्त जागिर खोज्न र रोजगारदातालाई उपयुक्त जनशक्ति खोज्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने गर्दछ । यसका अन्य आवश्यकताहरू यस प्रकार रहेका छन् ।

-बेरोजगार व्यक्ति र रोजगारदाता बीच सम्पर्क स्थापना गर्न,

-श्रम बजारको माग बमोजिमको श्रमिक आपूर्ति गर्न,

-श्रमिकको सीप तथा क्षमता अभिवृद्धि गरी रोजगारीमा पदस्थापन गर्न,

-रोजगारमूलक सेवा तथा सुविधाहरूमा बेरोजगार व्यक्तिहरूलाई पदस्थापनका लागि सहजीकरण गर्न,

-रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई आन्तरिक र वैदेशिक रोजगारीमा संलग्न हुन अभिमुखीकरण तथा सूचना प्रवाह गर्न,

-आवश्यकता अनुसार परामर्श र मनोपरामर्श सेवा प्रदान गर्न ।

रोजगार विनिमयका फाइदाहरू

रोजगार विनिमयको माध्यमबाट बेरोजगार व्यक्तिहरू आत्मनिर्भर र सशक्त बन्ने गर्छन् । उपयुक्त रोजगारीको खोजीमा रहेका व्यक्तिहरूले राम्रो काम पाउन र दक्ष कामदारको खोजीमा रहेका रोजगारदाताहरूले उपयुक्त कामदार प्राप्त गर्ने गर्छ । यसले बेरोजगार व्यक्तिहरूलाई काम खोज्न मद्दत गर्नुको साथसाथै विभिन्न सीप तथा वृत्ति विकास र परामर्श कार्यशालाहरू पनि सञ्चालन गर्ने गरिन्छ ।

-रोजगारी खोज्ने व्यक्तिहरूले आफ्नो योग्यताको आधारमा उपयुक्त रोजगारीहरू खोज्न सक्छन् ।

-रोजगारीका लागि दर्ता भएकाहरूले रोजगारीको प्रतीक्षा सूचीमा आफ्नो स्थिति जाँच गर्न सक्छन् ।

-उपलब्ध काम र उपयुक्त शैक्षिक प्रोफाइलका आधारमा रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताहरू बिच सम्पर्क स्थापित गर्न सक्छ ।

-करियर परामर्श र व्यावसायिक मार्गदर्शन सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्छ ।

-उपयुक्त काम र कामदार खोज्नेहरूलाई सहयोगी र उपयोगी हुन्छ ।

-रोजगार विनिमयले सीप अनुसारको कामको खोजी वा काम परिवर्तनमा सहयोगी हुन्छ ।

-उपयुक्त विकल्प छनौट गर्न प्रशस्त अवसरहरू प्रदान गर्छ ।

-रोजगारीका साथसाथै सीप एवं क्षमता विकासका योजनाहरू प्राप्त गर्ने अवसर दिन्छ ।

-रोजगारीको आवश्यकता अनुसारको उत्कृष्ट मिलान गर्छ ।

-न्यूनतम् प्रयासमा अधिकतम प्रतिफल दिन्छ ।

-कम समय अवधिमा उत्तम विकल्पहरू प्रदान गर्दछ ।

-विभिन्न रोजगरदताहरूसँग सम्पर्क हुने भएकोले रोजगारी खोज्ने व्यक्तिहरूलाई रोजगारी प्राप्त गर्न धेरै उपयोगी हुन सक्छ ।

-रोजगार विनिमयले सीप र अनुभव नहुनेलाई पनि आवश्यक सीप र अनुभव निर्माण गर्न उपयुक्त हुन्छ ।

रोजगार विनिमयका बेफाइदाहरू

-रोजगारी खोज्ने व्यक्तिहरूको व्यक्तिगत विवरण (बायोडाटा) रोजगारदाताहरूलाई पठाए नपठाएको यकिन नहुन सक्छ ।

-सरकारी संरचनाबाट रोजगार विनिमय सेवा सञ्चालन हुने भएकोले रोजगारी खोज्नेहरूको सम्पर्कमा नरहन न सक्छन् ।

-रोजगारी खोज्ने व्यक्तिहरू मध्ये कसलाई कुन कामका लागि अगाडि राखिन्छन् भने कुरा रोजगारी खोज्नेहरूलाई थाहा नहुन सक्छ ।

-कुनै पनि रोजगारीमा पदस्थापन वा नियुक्ति गर्नको लागि रोजगारदाताहरुबाट प्रोत्साहन स्वरूप नगद वा जिन्सी प्राप्त गर्न सक्ने भएकोले सही नियुक्तिको सट्टा व्यक्तिगत हितमा कार्य गर्न सक्छ ।

-धेरै रोजगारदाताहरूसँग काम गर्ने भएकोले रोजगारी खोज्नेको सीप र अनुभवको क्षेत्रमा रिक्त पदहरू केही मात्र खुल्न सक्छ वा नहुन पनि सक्छ ।

रोजगार विनिमय सेवा सुचारु गर्न रोजगारदाताहरूको सूचीकरण कार्य एकदम महत्त्वपूर्ण रहेको छ । यस अन्तर्गत सार्वजनिक र निजी दुवै क्षेत्रका रोजगारदाताहरूबाट सीप र दक्षता अनुसारको रोजगारीको सूचना एवं तथ्याङ्क सङ्कलन गरी सोही अनुसार बेरोजगार व्यक्तिहरूलाई रोजगारीमा पदस्थापन गर्न आवश्यक सीप, क्षमता विकास गर्नु पर्दछ । सीपयुक्त, क्षमतावान् र प्रतिस्पर्धी जनशक्ति तयार गर्न विभिन्न तालिम केन्द्रहरुसंग आवश्यक समन्वय गरी रोजगार विनिमयका लागि दर्ता भएका बेरोजगार व्यक्तिहरूलाई प्राथमिकतामा राखी तालिम सञ्चालन गर्न सहजीकरण गरी दक्षता अभिवृद्धि गर्नु पर्दछ । रोजगार विनिमयले रोजगारीमा पदस्थापन गर्नका लागि रोजगार मेला वा उद्योग मेलाको पनि आयोजना गर्ने गर्छ । रोजगार मेला (उद्योग मेला) ले निजी कम्पनीहरूलाई अन्तर्वार्ता लिन र रोजगारदाताको आवश्यकता अनुसारको सीपयुक्त जनशक्ति छनोट गर्न एउटा आधार (प्लेटफर्म) प्रदान गर्ने काम समेत गर्दछ ।

निष्कर्ष

रोजगार विनिमयले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई आवश्यक सूचना एवं जानकारी प्रदान गर्ने काम मात्र गर्दैन । रोजगारी खोज्ने व्यक्तिहरूका लागि परामर्श र प्रशिक्षण केन्द्रको रूपमा पनि काम गर्दछ । रोजगारी खोज्नेहरूलाई रोजगारदाताको आवश्यकता र मागका आधारमा दक्ष बनाउने काम गर्छ । रोजगार विनिमय अन्तर्गत सक्रिय रूपमा कामको खोजीमा रहेका तर कामका लागि तयार हुने क्षमताको अभावमा रोजगारीमा बाधा पुग्ने बेरोजगार व्यक्तिहरूको योग्यतामा सुधार गर्न, सीप तथा क्षमता र वृत्ति विकास सम्बन्धी सेवाहरू समेत प्रदान गरिन्छ । रोजगार विनिमयले रोजगारी खोज्ने र रोजगारदाताहरू बीच मध्यस्थकर्ताको रूपमा काम गर्दछ । यसले रोजगारदाताहरूको आवश्यकतालाई रोजगारी खोज्ने व्यक्तिहरूको सीप र रुचिसँग मिलाउने लक्ष्य राखेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस