११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा जाने कामदारलाई दुःख दिने र व्यवसायी तर्साउने काम बन्द होस् : अध्यक्ष भण्डारी

अ+ अ-

काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई विमानस्थलबाट फर्काएको विरोधमा अध्यागमन कार्यालय अगाडि व्यवसायीहरूले प्रदर्शन गरेका छन् । 

नेपाल वैदेशिक रोजगार संघले विमानस्थलका कर्मचारीले नियतवस श्रमिकमाथि ज्यादती गरेको भन्दै आइतबार अध्यागमन विभाग अगाडि धर्ना दिँदै विभागको महानिर्देशकको राजीनामा माग गरेका छन् । 

श्रमिकलाई कतिपयको कागजपत्रको वैधानिकता पुष्टि नभएको तथा असार २७ देखि कुवेती निकायबाट भिसा स्वीकृति नभएको भन्दै अध्यागमन प्रशासनले श्रमिकलाई विमानस्थलबाट फर्काउँदै आएको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले  भिजिट भिसामा वैदेशिक रोजगारमा कामदार पठाउने नाममा अध्यागमनका तल्लो देखि माथिल्लो निकायका कर्मचारीले सेटिङ गरेर खाने प्रवृत्तिको व्यवसायीले अन्त्य गर्नुपर्ने आवाज उठाएकै कारण दुःख दिएको आरोप लगाए । 

विभागका कर्मचारीले एउटै देशको दुई वटा भिसा बोकेको लगायतका आरोप लगाएर श्रमिकमाथि ज्यादती गरेको भन्दै भण्डारीले भने, ‘नचाहिँदो कुरा गरेर विभागका डिजी देखि कर्मचारीहरू जो हिजो भिजिट भिसामा कामदार पठाउने नाममा सेटिङमा बाँचेका थिए त्यो सेटिङको काम वैदेशिक रोजगार व्यवसायीले सेटिङ बन्द गर्नुपर्छ भन्ने आवाज उठाएपछि त्यसको विरोधमा उहाँहरूले संस्थागत रूपमा कामदारलाई दुःख दिने व्यवसायीलाई तर्साउन खोजिएको छ,यस्तो काम नगर्न हामी चेतावनी दिन चाहन्छौं ।’ 

कानूनी प्रक्रिया पुर्‍याएर वैदेशिक रोजगारीका लागि जान लागेका कामदारलाई फर्काएर दुःख र तनाव दिएको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको मात्रै छैन अध्यागमनको उक्त कार्यको छानबिन गर्नुपर्ने माग गरेको छ । 

‘सबै प्रक्रिया पु र्‍याएर जान लागेका श्रमिकलाई रोक्ने जुन काम उहाँहरूले गरिरहनु भएको छ त्ये उनीहरूको निहित स्वार्थ र कामदार पठाउँदा उहाँहरूको गोजी नभरेको कारण कामदारलाई फर्काउने काम भएको छ । अध्यागमनको यो कामको गम्भीर रूपमा छानबिन गरेर श्रमिकमाथि ज्यादती गर्ने जो जो छन् तिनलाई कारबाही हुनुपर्छ’, भण्डारीले भने ।  

त्यस्तै, उनले फर्काइएका कामदारहरूले गुमाएको आर्थिक रकमको क्षतिपूर्ति नदिए आन्दोलन गरिरहने चेतावनी दिए । 

उनले भने,‘एउटा श्रमिकले सरदरमा ६० हजार तिरेर टिकट काटेका हुन्छन् ।दुई सय जना कामदारलाई फर्काइएको छ । तिनको एक करोड २० लाख टिकटको पैसा कसले तिर्छ? जति पनि कामदारलाई उहाँहरूले फर्काउनु भएको छ त्यसको क्षतिपूर्ति अध्यागमन विभाग, कार्यालयका कर्मचारीहरूले नपठाएसम्म हामी आन्दोलन गरिरहन्छौँ ।’

वैधानिक प्रक्रिया पुर्‍याई जोर्डन जान लागेका १४ जना महिला सहित एक पुरुषलाई गत असार २४ गते पहिलो पटक अध्यागमन प्रशासनले जोर्डन जानबाट रोकेको थियो । त्यसपछि असार २७ र २८ गते पनि विभागले श्रम स्वीकृति लिएर ठूलो संख्यामा कुवेत जान लागेका कामदारलाई विमानस्थलबाटै रोक्यो । 

जसमा, बिहीबार कुवेत उड्न लागेका १ सय १७ नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले रोकेको थियो । अध्यागमनले असार २७ देखि कुवेती निकायबाट भिसा स्वीकृति नभएको भन्दै प्रस्थान दिन रोकिदिएको हो । शुक्रबार दोस्रो पटक टिकट लिई पुनः कुवेत उड्न विमानस्थल पुगेका ३७ जना श्रमिकलाई पनि सोही कारण देखाई अध्यागमन प्रशासनले रोकिदिएपछि श्रमिकहरू आर्थिक र मानसिक रूपमा समस्यामा परेको भन्दै व्यवसायीले आज विरोध गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस