१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमै पुगेर कर शिक्षा

अ+ अ-

काठमाडौँ । जिल्लास्थित आन्तरिक राजस्व कार्यालयले जुम्लासहित कालीकोट र मुगुका स्थानीय तहमा पुगेर करदाता शिक्षा दिन थालेको छ । कार्यालयले कालीकोट, मुगुलगायत जुम्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकाको प्रशासकीय केन्द्र लासी बजारमा पुगेर करदाता शिक्षा दिन थालेको हो ।

जिल्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकामा उद्योग उपभोक्ताहित संरक्षण कार्यालयसँग समन्वय गरी  संयुक्तरुपमा यहाँका स्थानीय बजारमा पुगेर कर शिक्षा दिनुका साथै बजार अनुगमनसमेत गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । 

“सरकारको राजस्व बढाउने र व्यवसायीलाई करको दायरमा ल्याउन, समयमै नवीकरण गर्ने उद्देश्यले कर शिक्षा दिन थालिएको हो”, उनले भने, “पातारासी गाउँपालिकाको लासी बजारका करिब डेढ दर्जन व्यवसायीलाई करदातासम्बन्धी शिक्षा तथा जनचेतना दिइएका छौँ ।” व्यवसाय गर्ने सबैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न अनुरोधसमेत गरिएको सूचना अधिकारी उपाध्यायाले बताए । 

यहाँ सञ्चालित पसल र होटलमा पान नम्बर अनिवार्य टाँस्नु पर्ने भनी सात दिने समय अवधि दिइएको छ । करमा दर्ता नभएका व्यवसाय अवैध हुने भएकाले प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचना अधिकारी उपाध्यायको भनाइ छ । पान नम्बर वा भ्याटमा दर्ता गर्दा चाहिने आवश्यक प्रक्रियाका बारेमा व्यावसायिकलाई जानकारी गरिएको उनले बताए । उनका अनुसार राज्यलाई तिर्नुपर्ने कर तीर्ने व्यक्ति सचेत नागरिक हुन् । 

खाली बिल दिएमा जथाभावी बिलको दुरुपयोग हुने भएकाले व्यापारीलाई सचेत गरिएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जिल्लास्थित उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले लासी बजार र उर्थुमा गरिएको अनुगमनमा मिति नाघेका खाद्यवस्तु नष्ट गरिएको जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र जुम्लालगायत कालिकोट र मुगुसमेत रहेको छ । 

प्रतिक्रिया दिनुहोस