१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिनाकाे ९० हजार पेन्सन खाने लाहुरे सुशील आराम छोडेर आरनमा रमाउँदै

अ+ अ-

काठमाडौँ । जवानी पल्टनमा बित्यो। उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन। निधारमा पसिना बगेकै छ ।

निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै-मैलै छन् । हातमा हथौडा र फलाम तथा तामाका भाँडा चलेकै छन् । 

काठेखोला गाउँपालिका वडा नं ५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिएका सुशील सुनार । पङ्क्तिकारसँग केहीबेर गफिएका उनी उमेरले छ दशक नजिक छन् । केही बेरको संवादमा सुशील पटक-पटक फ्ल्यासब्याकमा पुगे र खोतले केही किस्साहरु खोले। अभावले झेलिएको बालापन । अवसरले घेरिएको यौवनसँगै चुनौतीको सामना गर्न तयार बुढ्यौलीको अनुभव उनीसँग छ ।

गाउँमा उनी एक्ला मेहनती भने हैनन् । गाउँभरि कालीगढ छन् । धेरैले तामा र फलामका भाँडा बनाउँछन् तर, गाउँकै अरु मेहनती कालीगढभन्दा उनी केही विषयले फरकछन् । सुशील सानै छँदा उनका पिता पुर्खाले तामा र फलामका भाँडा बनाउँथे । बालिघरे प्रचलन रहेकै बेला विष्टका घरका भाँडा बनाउने बेला हजुरबुबा र बुबाहरूबाट सुशीलले सीप सिके । पन्ध्र वर्षको उमेरमा सिकेको सीपले जीवन चलाउन त्यो बेला कठिन थियो । साथीसङ्गी र परिस्थितिले उनीलाई भारतीय सेनामा पुर्‍यायो । 

सुशील सानै उमेरमा भारतीय सेनामा भर्ती भए । २१ वर्ष भारतीय सेनाको जागिरबाट अवकाश हुँदा उनी युवा उमेरकै थिए । सन् २००० मा आरमोर पल्टनमा हवल्दार रहनुभएको सुशील अवकाश भएर घर फर्किए । एक्काइस वर्ष दुःख गर्दा आर्जेको धन सुशीलले बालबच्चाकै हेरचाह र घर खर्चमा सकियो । 

“मलाई गर्मी मन पर्दैन, बरु गाउँमै जग्गा जोडेँ बाहिर गइन्”, उनले भने, “बरु हथौडाकै साहरा लिउँ भन्ने लागेको थियो, तै पनि एक पटक विदेश जाउँ भनेर घर छोडियो ।” बीचको छ वर्ष बाउबाजेका पाला सिकेको सीप उनले काममा लगाए । गाउँमै बसेर तामा र फलामका भाँडा बनाए । सन् २००६ मा उनी मलेसिया लागे । मलेसियाको क्वालालम्पुर सहरमा आठ वर्ष बिताए । “मासिक रु. ८० हजार कमाउँथे, आठ वर्ष बसेपछि पुग्योजस्तो लागेर घर फर्के,” सुनारले सुनाए, “सेक्युरेटी गार्डको जागिर  सजिलै थियो ।” १५ वर्षको उमेरबाट सुरु भएको उनको मेहनतको यात्रा देश विदेश घुम्यो ।

मलेसियाबाट सन् २०१३ मा नफर्किने गरी घर फर्कीएका सुनार त्यसयता निरन्तर हथौडाको साथ लिइरहेका छन् । बिहान बेलुका घरको काम गर्छन् । गोठभरि भैँसी छन् । दिउँसो गाउँकै सामुदायिक भवन नजिकै रहेको झुपडीमा तामा र फलामसँग कुस्ती खेल्छन् । 

“महिनामा ८०/९० हजार त पेन्सन नै आउँछ, तर छोराहरूको भविष्यका लागि र आफ्नो सिपको सदुपयोगका लागि मेहनत गरिरहेको छु”, सुनार भन्छन्, “खान नपुगेर होइन, जीवन क्रियाशील राख्न र व्यवस्थित बनाउनका लागि मेहनत गर्छु ।” 

अक्सर मानिस पेन्सन पाएपछि सुखको जीवन खोजी गर्छन् । बसेर आराम गर्छन् तर, सुनारलाई सुविधा, आरामको पटक्कै चाहना छैन । “आफूले दुःख पाइयो, छोराहरूले भोग्न नपरोस् भनेर म मेहनत गर्छु”, उनले भने, “आरनमा बसेर मेहनत गर्दा मलाई आनन्द लाग्छ ।” 

तामाका गाग्री, ताउलालगायतका भाँडा बनाउने सीप उनीसँग छ । बन्चरो, कोदाली, हँसियामा धार लगाउन उनी सीपालु छन् । “यहाँ अरूले रु. तीन हजार पाँच सय किलोदेखि पाँच हजारसम्म प्रतिकिलो तामा बिक्री गर्छन्, मेरो एउटै रेट छ, तामाका भाँडाको मूल्य प्रतिकिलो रु. तीन हजार”, सुशील भन्छन्, “भाँडा बनाई नसक्दै घरबाटै बिक्री हुन्छन् ।” 

उनले आफूले काम गर्दा गाउँलेले सुविधा पाएको र आफूलाई पनि आर्थिक आम्दानीसहित व्यस्त हुने बहाना मिलेको सुनाए । काम निरन्तर गर्न पाउँदाको महिनामा उनले रु. ७० देखि ८० हजार कमाउँछन् । “रु. ४०-५० हजार त नचलेको महिना पनि कमाइ हुन्छ”, सुनारले सुनाए । 

बागलुङ बजारमा रु. एक हजार चार सय किलोमा पाइने तामालाई भाँडाको आकारमा ढालेपछि रु. तीन हजार प्रतिकिलो लिन र दिन कोही पनि नहिचकिचाउने उनले बताए । सुनारका जेठा छोरा विदेशमा छन् । माइला छोराको काठमाडौँमा व्यवसाय छ । साइँला छोरा इञ्जिनियरिङ पढ्दै छन् भने कान्छा छोरा डाक्टरी पढ्दै छन् । “छोराहरूको पढाइ खर्च भाँडा बनाएरै पुर्‍याइरहेको छु, घर खर्च, आफ्नो खर्च पनि गज्जब चल्छ”, सुनार भन्छन्, “मेहनत गरेपछि गाउँमै कमाउन सकिन्छ ।”

गाउँघरमा सामाजिक काम, मेला पर्व उनले छुटाउँदैनन् । गोठमा रहेका तीन भैँसी र दुई पाडा पाडीको स्याहारसुसारमा पनि उनले जीवनसाथीलाई सघाउछन् । सुशील बिहुँका एक कालीगढ मात्रै हैनन्, परिश्रमिकका उदाहरण पनि हुन् ।

प्रतिक्रिया दिनुहोस