९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी-जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग

अ+ अ-

बेनी । बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाले माग गरेका हुन् । अहिले बेनी-जोमसोम सडकका सवारी साधन बेनीबाट नारच्याङ गाउँ हुँदै धरापमा पुगेर रोकिने गरेका छन् ।

यसअघि नै धरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्र्याक खनिएकाले सडकको मर्मत गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको वैकल्पिक मार्ग तयार हुने जिल्ला समन्वय समितिका निवर्तमान सदस्यसमेत रहेका गाडपारका अगुवा मेखबहादुर गर्वुजाले जानकारी दिए ।
दानाको गुइँठे, सुकेबगर, जलथले, खामभिक्ता लगायतका क्षेत्रमा पहिरोले कालीगण्डकीको नदी तीरबाटै बेससमेत बगाउन थालेपछि बेनी-जोमसोम सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध बनेको छ । दानाको ठाँटीटोल र गाडपार जोड्ने बेलिब्रिजका लागि दुवैतर्फका भूगोलसमेत पक्की रहेकाले पहिरोको दीर्घकालीन रोकथाम नहुँदासम्म वैकल्पिक सडकले राहत दिने गर्बुजाले बताए ।

“हामीले पटक-पटक बेलिब्रिज बनाउन माग गर्दै आएका छौ, गाउँपालिका र बेनी-जोमसोम-कोरला सडक आयोजनालाई पनि ध्यानाकर्षण गराएका छौँ, कम्तीमा बेनी-जोमसोम सडक खण्डका विभिन्न ठाउँमा रहेका बेलिब्रिजलाई यहाँ स्थानान्तरण गर्न सके अहिले यात्रुहरुले भोग्दै आएको सास्ती हट्ने थियो”, गर्वुजाले भने।

दाना क्षेत्रका विभिन्न ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । यस सडक आयोजनाअन्तर्गत अहिले बेनीदेखि नारच्याङपुलसम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सञ्चालनमा रहेको छ ।

सडक अवरुद्ध भएपछि घाँसदेखि नारच्याङको धरापसम्म नै सर्वसाधारण र पर्यटकहरूले पैदल हिँडेर आवतजावत गर्नुपरेको छ । विदेशी पर्यटक र तीर्थयात्रीले हिलोमा जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक खण्डका बीचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको र मर्मत गरी सञ्चालन गराउने प्रयास जारी रहेको सुपरभाइजर शेरचनले बताए ।

कालीगण्डकीको तीरदेखि नै सडकको बेस भत्किएकाले सडक मर्मत गरी सञ्चालन गराउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ भने बिरामीलाई अस्पताल जान पनि सकस भएको छ ।

प्रतिक्रिया दिनुहोस