७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओझेलमा निसेलढोर

अ+ अ-

ढोरपाटन । तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भीर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । समथर भू-भागमा घर, गोठ र स्याउका बगान छन् । जसले यहाँ पुग्ने जोकोहीलाई छिट्टै आकर्षण गर्छ । 

काठ, ढुङ्गा र माटोले बनेका होचा घर निसेलढोरको विशेषता हो । पर्यटकीयस्थल ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको निसेलढोर प्रचारप्रसारका कारण ओझेलमा छ । करिब एक दशक अगाडि मोटर बाटोले जोडिएको निसेलढोरमा अहिले उही कच्ची र जोखिमपूर्ण सडकमा स्थानीयवासी यात्रा गर्छन् । 

सदरमुकाम बागलुङ बजारबाट पश्चिममा रहेको निसेलढोर एउटा मौलिक गाउँका रूपमा परिचित छ । ढोरपाटन उपत्यकाबाट करिब तीन घण्टा पैदल यात्रामा पुग्न सकिने निसेलढोर निसीखोला गाउँपालिका-५ मा पर्छ । ढोरपाटन उपत्यका भने ढोरपाटन नगरपालिका-९ मा पर्छ । निसीखोलातिरबाट मोटर बाटोले नजोडिएको हुँदा निसेलढोर पुग्न ढोरपाटनबाटै जानुपर्ने हुन्छ । 

पैदल यात्रा गरेर मात्रै निसीखोलाबाट यहाँ पुग्न सकिन्छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको निसेलढोरका स्थानीयवासीको आफ्नै मौलिक भेष-भूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । उनीहरूको आफ्नै मगर खाम भाषा छ । लेकाली हावापानी, शान्त वातावरण र यहाँबाट देखिने दृश्यले गर्दा पछिल्लो समय फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । 

ढोरपाटन सिकार आरक्ष क्षेत्रमै पर्ने हुँदा यहाँ पुग्ने पर्यटकले विभिन्न प्रकारका वन्यजन्तु प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्छन् भने वास्तविक गाउँले जनजीवनको अनुभूति गर्न सक्छन् । निसेलढोर सडकले जोडिनु पूर्व बर्खाको समयमा मात्रै यहाँ स्थानीय बसोबास गर्थे भने सडक पुगेपछि अहिले बाह्रै महिना यहाँ बस्नेको सङ्ख्या बढ्दै गएको छ । यहाँ खास गरी निसीखोला-५ निसी गाउँका स्थानीयवासीको बढी बसोबास हुने गर्छ । 

पछिल्लो समय घुमफिरका लागि निसेलढोर आउने पर्यटक बढ्न थालेको स्थानीयवासी फुर्सी विकले बताए । उनले सहर बजारबाट एक-दुई रात बास बस्न, गाउँले खानाको स्वाद लिन र यहाँको ठाउँ घुम्न युवा बढी आउने बताए । चार वर्ष अगाडिसम्म बाहिरका बासिन्दा खासै नआएको भन्दै अहिले महिनामा १५-२० आन्तरिक पर्यटक निसेलढोर पुग्ने विकको भनाइ छ । पहिले बर्खामा निसेलढोर र हिउँदमा निसी बसोबास गरेको भन्दै अहिले यही पशुपालन गरेर स्थायी रूपमा बस्न थालेको उनी बताउछन् । 

“धूरीडाँडा काटेर आउने जाने गर्नुपर्थ्यो, अहिलेको जस्तो माटोरबाटो आएको थिएन, मोटरबाटो आए पनि बुर्तिबाङ घुमेर निसी पुग्नुपर्ने बाध्यता थियो, अहिले धेरै वर्ष भयो, यतै बस्न थालेका छौँ, सुरुसुरुमा सुनसान थियो, यही रमाइलो ठाउँ रहेर र बस्यौँ, अहिले त धेरै मान्छेहरू यहाँ बस्न थाले” विकले भने- “पछिपछि यो ठाउँ पनि विकास भएर बजार बन्ला, पहिलेभन्दा अहिले केही सुविधा भएको छ, केही वर्षपछि अझै धेरै सेवा सुविधा बढ्ने छन्, हाम्रा सन्तानले धेरै दुःख पाउने छैनन्, हाम्ले एक दिनभरि लगाएर बुर्तिबाङबाट चामल र नुन ल्याएर खान्थ्यौँ ।”

निसेलढोरवासीको मुख्य पेसा पशुपालन र कृषि हो । यहाँका एकै किसानका सयौँ भेडाबाख्रा हुन्छन् भने उनीहरूले सयौँ गाई भैँसी पाल्ने गरेका छन् । भौतिक विकटताका कारण पछाडि परेको निसेलढोरमा अहिले पनि सञ्चारको पहुँच पुगेको छैन । विकासका नाममा पुगेको त्यही एउटा मोटरबाटो हो । मोटरबाटो पनि निकै जोखिमयुक्त छ । 

राज्यले लगानी गर्न सके निसेलढोर देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने निसीखोला-५ का हेमराज सापकोटाले बताए । उनले स्थानीय सरकारले प्रचारप्रसार, विद्युत् विस्तार र सडकलाई व्यवस्थित बनाउन सके वार्षिक हजारौँ पर्यटक निसेलढोरमा भित्र्याउन सकिने बताए ।  यो ठाउँ प्राकृतिक रूपले निकै मनमोहक भए पनि भौतिक विकास नहुँदा ओझेलुनु परेको बताउछन् । 

बुर्तिवाङ बजारदेखि ढोरपाटन उपत्यका हुँदै निसेलढोर जोड्न सडकको वैकल्पिक सडक निर्माण गर्न जरुरी रहेको भन्दै निसीखोलातिरबाट पनि पर्यटकका लागि पदमार्ग र छोटो सडक बनाउन आवश्यक रहेको सापकोटाको भनाइ छ । उनी भन्छन्– “निसेलढोरमा पर्यटक भित्र्याउन सरकारले धेरै काम गर्नुपर्दैन, बिजुली, मोटरबाटो र केही संरचना बनाउन सके जति पनि पर्यटक यहाँ आउँछन्, सामान्य सेवा सुविधा नहुँदा निसेलढोर घुम्न आउने पर्यटक कम भएका हुन्, यहाँ सुविधायुक्त होटेल, बास बस्न मिल्ने स–साना घर पनि हुन जरुरी हुन्छ, यो ठाउँ घुम्नका लागि निकै उपयुक्त ठाउँ छ, हिउँद बर्खा पर्यटकको कमी हुने थिएन, बर्खामा हरियालीसँग रमाउने र हिउँदमा हिउँ फुल खेल्न आउनेको कमी हुने थिएन ।”

अहिले फाट्टफुट्ट निसेलढोर पुग्ने आन्तरिक पर्यटक बिजुली नभएकै कारण बास नबसी फर्कने गर्छन् । उनीहरू टुकीकै भरमा रात बिताउँछन् । यहाँबाट गाउँपालिकाको केन्द्रमा पुग्नै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानुपर्छ । 

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगर  भौगोलिक विकटताका कारण अहिलेसम्म निसेलढोर विकासका हिसाबले पछाडि परेको हुँदा पर्यटक पनि भित्र्याउन नसकिएको बताउछन् । निसेलढोरमा अब शिक्षा, स्वास्थ्य, विद्युत् र सडकको सही व्यवस्थापन गर्ने र प्रचारप्रसारलाई तीव्रता दिने बताए ।

यसैवर्ष स्वास्थ्य संस्था स्थापना गरेको र विद्युत् विस्तारका लागि पहल भइरहेको उनको भनाइ छ । “निसेलढोरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयासमा हामी छौँ, पालिकाको सीमित बजेटले एकै पटक गर्न सकिँदैन, यहाँको सडक, विद्युत् र अन्य पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गछौँ, आवश्यक पूर्वाधार निर्माण गरी प्रचारप्रसारमा जोड दिन्छौँ” उनले भने-“स्थानीय नागरिक पनि तत्पर हुनुपर्छ, यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि पर्यटन प्रवर्द्धन जरुरी छ, अब यहाँको अन्य सम्भावनाको खोजी गरी प्रवर्द्धनमा लाग्ने योजना बनाएका छौँ ।” 

प्रतिक्रिया दिनुहोस