१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेइजिङ-गोन्जावो : देखाई,भोगाइ र अनुभव

अ+ अ-

बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजनामा मिति २०२३ जुलाई २६ देखि अगस्ट १० सम्म भएको चाइनिज ल्यांग्वेज एन्ड कल्चर सम्बन्धी अध्ययन भ्रमण कार्यक्रममा भाग लिन अवसर मिल्यो। विभिन्न ६ देशबाट २६ जना सहभागी रहेको यस कार्यक्रमका लागि नेपालबाट हामी पाँच जनालाई सहभागी हुने अवसर जुर्‍यो। यसका लागि जुलाई २५ गतेको राती १२:१५ बजे हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोन्जावो विमानस्थल लागि उड्यौ । यो हवाई यात्रा करिब ४ घण्टाको रहेछ।

चीनको समय नेपालको भन्दा २ घण्टा १५ मिनेट छिटो भएको कारण हामी गोन्जावोमा स्थानीय समय अनुसार बिहान ६:३० बजे तिर अवतरण गर्‍यौँ। गोन्जावो विमानस्थलबाट बेइजिङको लागि हाम्रो हवाई टिकट १२:४५ भएको हुँदा करिब ६ घण्टा सोही विमानस्थलको एक कुनाबाट अर्को कुनामा जाँदैमा बित्यो।३ घण्टाको त्यो गन्तव्य तय गर्दै बेइजिङमा ओर्लिँदा ४ बजेछ। हाम्रो कार्यक्रम अनुसार शुरुमा  बेइजिङ बसाइ ५ दिनको रह्यो। त्यसपछि भ्रमण स्थान गोन्जावो परेपछि ३ दिन गोन्जावोमा बिताई फेरी बेइजिङ फर्कियो। यस पटक बेइजिङ बसाइ ७ दिनको रह्यो। यसरी चीनको बेइजिङ गोन्जावोमा १५ दिन रहँदा बस्दाका देखाई भोगाइका अनुभवलाई यस लेखमा समेट्ने प्रयास गरिएको छ।

१. भौतिक संरचना र पूर्वाधार

कुनै पनि भूगोलमा उत्रिएपछि सबैभन्दा पहिला देखिने र अनुभव हुने विषय भनेको भौतिक संरचना र पूर्वाधार हो। यसमा पनि आफूलाई आर्थिक रूपमा विश्वको दोस्रो शक्तिशाली राष्ट्रको रूपमा चिनाइ रहेको चीनमा भौतिक संरचना र पूर्वाधार कमी हुने कुरा भएन। अग्ला अग्ला भवन, फराकिलो सडक, सुरुङ मार्ग, व्यवस्थित शहरी योजनाले गर्दा सुन्दर देखिने परिवेश यस्तैसँग जम्काभेट हुने अवसर मिल्यो। सडक हेर्दै लोभलाग्दो कति फराकिलो। अनि त्यहाँको ट्राफिक व्यवस्थापन गर्न ठाउँ ठाउँमा अन्डर पास र ओभर पासको व्यवस्था थियो। यही क्रममा हाम्रो टोलीको एक जना सदस्यले भनेको कुरा उल्लेख गर्न मन लाग्यो- “ट्राफिक जाम कसरी हुन्छ त सडक सकियो कि एक घुम्ती दुई घुम्ती तीन घुम्ती कति चाहिने हो त्यति  सडक नै उठाइ दिने रहेछ।” खास गरी बेइजिङको सडक संरचनाबाट गुज्रिँदै गर्दा हरित विकासलाई ध्यान दिए जस्तो लग्यो। सडकलाई पर्यावरणसँग गाँसिएको पाइयो। त्यो भन्दा नि जमिन मुनीको मेट्रोको सञ्जाल झन् लोभलाग्दो। लाग्थ्यो सबै मानिसहरू जमिनमाथि भन्दा जमिनमुनि कुदिरहेछन् गन्तव्य भेटाउनका लागि। हामी पहिला ७० आरएमबि (चीनको मुद्रा) तिरेर गएकोमा फर्किदा मेट्रोबाट १० आ एम बिमा फर्कियौँ। यस हिसाबले आम नागरिकको यातायात खर्चमा मेट्रोको प्रभाव कति रहेछ अनुमान लगाउन सकिन्छ। विकसित मुलुक र विकासशील मुलुकको फरक छुट्याउन आँखालाई धेरै समय लागेन।

बेइजिङ इन्टरनेशनल चाइनिज कलेज अगाडी

२. खाना

बेइजिङ जानु अघि खानामा यो खाने यो नखाने भनेर सीमा बाँध्ने हामी जस्ता सहभागीलाई समस्या हुन्छ भन्ने सुनेका थियौँ। के हुने हो भन्ने कौतुहलता थियो। तर बेइजिङ पुगेर खानामा त्यस्तो केही अप्ठ्यारो भोग्नु परेन। शायद हाम्रो आयोजकले हाम्रो रोजाइ बुझेर पनि हुन सक्छ। साग, भात, माछाको व्यवस्था जहाँ पनि थियो। मसलेदार खाना नहुने, दाल नहुने अनि गोलभेँडाको अचार हैन सिङ्गा सिङ्गै दिने देखेर हामी खास गरी दक्षिण एसियाली मुलुकका सहभागीलाई अचम्म लाग्यो। बानी न हो जिब्रोले बेला बेला त्यस किसिमको स्वादको चाहना राखी रह्यो।

गोन्जावोको होटलमा खानाको पर्खाइमा

३. ग्रेटवाल, सेन्ट्रल चिडियाखाना र पान्डा

विश्वको आठौँ आश्चर्य मध्येको एक आश्चर्य ग्रेटवाल हेर्न हाम्रो समूहलाई भाग्यले नै साथ दियो। बेइजिङमा बेस्सरी पानी पर्नु २ दिन अघि हाम्रो ग्रेटवाल जाने कार्यक्रम रहेकोले हामीले धीत मरुन्जेल ग्रेटवाल हेर्न पायौँ। हामीलाई ४ नम्बरको ढोकाबाट ग्रेटवाल लगियो र १ घण्टा ३० मिनेटको समय चढ्न र घुम्नलाई छुट्याइ दिएको थियो। सोही समयभित्र ग्रेटवाल चढ्ने, फोटो तथा भिडियो खिच्ने काम भयो। ग्रेटवाल देखेपछि त्यो बेला यस्तो संरचना कसरी बन्यो होला भनेर एक छिन घोत्लियो प्रश्नको उत्तर आउन नपाउँदै त्यसको संरचना र वरिपरिको दृश्यले मनमोहक बनायो। ग्रेटवालबाट फर्किदा समय बाँकी रहेको हुँदा सेन्ट्रल चिडियाखाना गई पान्डा हेर्ने कार्यक्रम बन्यो। यो हाम्रो कार्यक्रम भन्दा बाहिर रहेकोले प्रति व्यक्ति ७० आर एम बि उठाइयो। अनि गइयो सेन्ट्रल चिडियाखाना। त्यहाँ पान्डा मुख्य आकर्षण भनिएको थियो। जब त्यहाँ पुगियो अनि चीनको जनसङ्ख्याको आभास भयो। त्यो दिन बिदाको दिन पनि परेछ अनि त के छ र मानिसको भिड। त्यही भिडबिच पान्डा हेर्ने रहर गायब हुनै लाग्दा बल्ल बल्ल पान्डा त देखियो तर भिडभाडबाट चिहाएर हेर्नु पर्दा चिडियाखाना जुन उत्साहले त्यहाँ गइएको थियो त्यो पूर्ति भने भएन।

ग्रेटवालको आँगनमा

४. भाषाको महत्त्व

बेइजिङबाट भिजिटिङ सिटीको रूपमा हामीलाई फेरी गोन्जावो ल्याइयो। गोन्जावो आएको बेलुका खानाको व्यवस्था नभएकोले हामी खाना खोज्दै गोन्जावो शहरको गल्ली तिर निस्कियौँ। घुम्दै गर्दा हामी होटेल चहार्दै गयौँ कहाँ उपयुक्त होला खाना खाने ठाउँ भनेर खोज्दै हिँड्दै थियौ। एक स्थानमा होटेल बाहिर कुर्सी टेबल सजिएको र ग्राहकले भरी भराऊ होटेल देख्यौँ र त्यही खाना खाने निधो गर्‍यौँ। त्यहाँ भाषा बाधा बन्यो। हामी चाइनिज नजान्ने त्यहाँ अङ्ग्रेजी नबुझ्ने।

हामी बसेको १५ मिनट जति भइसक्यो केही खाना अडर गर्न सकेनौँ। साङ्केतिक भाषा पनि खासै काम लागेन। यहीबिच हामी बसेको टेबल नजिकैको टेबलमा खाना आउन थाल्यो। हामीले देख्यौँ त्यहाँ बेटुकामा चामलको भात आएको अनि भन्यौँ हामीले नि त्यहीँ हो खोजेको। त्यसको केही बेर पछि भात आयो। यसरी नै त्यो टेबलमा आएको अडर बमोजिम हामीले खाना माग्यौँ र खायौँ यो अनुभव पनि रमाइलो रह्यो। अनि थाहा भयो भाषाको महत्त्व कति रहेछ भनेर।

नेपालबाट कार्यक्रकमा सहभागी हामी पाँच जना

५. सस्तो बजारको खोजी र बार्गेनिङ

सामान त ल्याउनु पर्‍यो भनेर बजारको खोजी हुन थाल्यो। हुन त आयोजकले नै गोन्जावोमा किनमेलको लागि भनेर बेइजिङ लु भन्ने स्थानमा लगेको थियो। त्यहाँ पनि सहभागीहरूले दिल खोलेर सामान किने। तर किनमेलको असली मज्जा भने हामीलाई बेइजिङमा नै भयो। बजार खोज्ने क्रममा भेटियो हन्गसिआओ पर्ल मार्केट। यहाँ पुग्न ट्याक्सीलाई ८० आ एम बि तिर्नु पर्ने। हामीले ट्याक्सी नै प्रयोग गर्‍यौ सायद मेट्रो प्रयोग गर्दा ५/१० आ एम बि मा आऊ जाऊ हुन्थ्यो होला। हन्गसिआओ पर्ल मार्केट रहेछ गजबको मार्केट। हुन तः हामीलाई त्यहाँ जानु अगाडि नै ७५ प्रतिशत सम्म बार्गेनिङ गर्नु भनिएको थियो। हुन पनि हो त्यहाँ १५०० भनेको सामान ६०० मा ल्याइयो। रोचक भने स्मार्ट घडी किन्दा भयो घडी र मोबाइल पहिलो तलामा रहेछन् केही साथीहरूले स्मार्ट घडी १०० आ एम बि मा किने अब माथि भएका साथीहरूलाई पनि घडी किन्ने रहर जाग्यो गए त्यही पसल अनि अघि १०० परेको घडी ८० आ एम बि मा नै आयो। यो बजारको किनबेच भाउ देखेर अचम्ममा परियो।

र अन्य केही,

नेपाली हैन त !

बेइजिङमा पहिलो दिन उद्घाटन समारोह सकेर यसो बाहिर डुल्नु पर्‍यो भनेर हिँड्दै थियौँ। एक जना साइकलमा हिँडी रहेका व्यक्ति आएर रोक्दै भने नेपाली हैन त। शायद चिन्न हाम्रो टोपीले मद्दत गर्‍यो होला। उनी रहेछन् स्याङ्जाका चिनियाँ भाषा पढ्दै गरेका स्याङ्जाका प्रशान्त पौडेल।

रेसम फिरिरि,

गोन्जावो सहरमा घुम्ने क्रममा बसभित्र आ-आफ्नो देशको गीत गाउनु पर्ने भयो। पहिलो प्रस्तुति नेपालको तर्फबाटै हुने भयो। शायद भाषिक र शाब्दिक दृष्टिले विदेशीलाई बुझाउने गीत भएर होला राजन पौडेल सरले भाका हाल्दै गाउनु भयो रेसम फिरिरि।

स्याउ भनी किनेको आरु रहेछ !

खाने कुरा कै सवालमा एउटा रोचक घटना नि भयो। एक पटक फलफूल पसलबाट स्याउ किनेर  बाँडियो तर खाँदै जाँदा मात्र थाहा भयो कि यो त स्याउ हैन आरु रहेछ।  

यस्तै अनुभवलाई सङ्ग्रह गरेर १५ दिनको बेइजिङ बसाइ बिट मार्दै अगस्ट १० बेइजिङ-गोन्जावो हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो।

गोन्जावो शहरमा रहेको सबैभन्दा अग्लो क्यानटोन टावर
कार म्युजियममा राखिएको उड्न सक्ने कार
प्रतिक्रिया दिनुहोस