९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

अ+ अ-

बलेवा । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।

केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिकरुपमा आलु खेतीमा छन् ।

गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा रु. तीन करोड ६० लाख बजेट बिनियोजन गरेको छ । ज्ञान केन्द्रको लागि विनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रबद्र्धनका लागि छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि रु. आठ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ ।

यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलु खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् । आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई आलुको बिउ, कृषि औँजारदेखि बजारीकरणमा सहयोग पुर्‍याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।

“कृषकलाई आलुको बिउ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ”, पुनले भने, “उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्‍याउँछौँ ।” गत वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस