७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।”

त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, “यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।”

सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःखसुख गरेर कठिनाइ र सङ्घर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गरे । प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए।

“सुदूरपश्चिम भन्नासाथ असाध्यै माया लाग्छ । जन्मेको ठाउँ । नजिक रहने हाम्रो स्वभाव पनि हो”, उनले भने । मञ्चले सुदूरपश्चिम प्रदेशका लागि राम्रो काम गरिरहेको जनाउँदै उनले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दै आफूबाट हुनसक्ने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै संस्थाका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन गरेका थिए । यसैगरी मञ्चका संस्थापक संरक्षक एवं पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकार, पदाधिकारी एवं सदस्य सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा बुवा दिव्यनारायण श्रेष्ठ र आमा देवकुमारी श्रेष्ठको कोखबाट विसं २०१६ असोज २० गते जन्मिएका विश्वम्भरप्रसाद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

विसं २०४१ मा सुदूरपश्चिमको क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा कार्य गरेका उनले २०४४ सालमा उपसचिव र २०४५ सालमा जिल्ला अदालत दार्चुलामा न्यायाधीशका रूपमा काम गरेका थिए । विसं २०४९ मा सर्वोच्च अदालतमा डेपुटी रजिष्ट्रार र झण्डै चारदशकसम्म न्याय सेवामा रहेका उनी २०८० साल भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस